National life

वित्तीय सूचकमा अब्बल बन्दै प्रभु इन्स्योरेन्स,पछिल्ला बर्षहरुमा यसरी मार्दै छ छलाङ्ग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ चैत २०८१, बुधबार
1.2kShares
वित्तीय सूचकमा अब्बल बन्दै प्रभु इन्स्योरेन्स,पछिल्ला  बर्षहरुमा यसरी मार्दै छ छलाङ्ग
ncell

काठमाडौं । प्रभु इन्स्योरेन्स नेपालका प्रमुख निर्जीवन बीमा कम्पनीहरुमध्ये एक अग्रणी संस्था हो । यस कम्पनीको स्थापना वि.सं. २०५३ सालमा (सन् १९९६) नेपालका प्रतिष्ठित औद्योगिक र व्यापारिक घरानाहरुको समुहद्वारा संस्थापित यस कम्पनीमा प्रभु समुह तथा कर्मचारी संचय कोषको प्रमुख शेयर हिस्सा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको अध्यक्षमा नेपाल चेम्बर्स अफ कमर्शका निवर्तमान अध्यक्ष तथा निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षसमेत रहेका राजेन्द्र मल्ल तथा प्रमुख कार्यकारी अधिकृतमा नेपाली बीमा क्षेत्रमा निरन्तर १६ वर्षदेखि कार्यरत तथा विगत एक दशकदेखि कम्पनीको नेत्तृत्व सम्हाल्दै आएका शालिन तथा अंकगणितमा अब्बल व्यक्तीत्वका रुपमा परिचित व्यक्तीत्व सन्चित बज्राचार्य रहनु भएको छ ।

स्थापना कालदेखि नै प्रभु इन्स्योरेन्सले नेपाली निर्जीवन बीमा क्षेत्रमा एक प्रतिष्ठित, भरपर्दो, र व्यावसायिक बीमाकर्ताको रुपमा आफ्नो पहिचान बनाएको छ ।

कम्पनीले बीमा पोलिसीहरु समयमै जारी गर्दै, सहज रुपमा भुक्तानी गर्दै र ग्राहक सन्तुष्टिमा जोड दिँदै उच्च स्तरीय सेवा प्रदान गर्दै आएको छ । कम्पनीले देशका विभिन्न भूभागहरुमा पुगेर बीमा सुविधा उपलब्ध गराइरहेको छ ।

विमित सँगै कम्पनीले आफ्ना लगानीकर्तालाई पनि सन्तोषजनक रिपोर्ट पस्किएको छ । जसले कम्पनीको भविष्य उज्जवल देखाउँछ ।

त्यसैले लङ ट्रम इन्भेष्ट गर्ने सोच भएकाहरुले यस कम्पनीमा गरिने लगानीबाट फाइदा लिन सक्ने जानकारहरु बताउँछन् ।

कम्पनीका प्रमुख वित्तीय सूचकहरु यस प्रकार छन्:  

चुक्ता पूँजी, रिटेन्ड अर्निङ र अदर इक्विटी

प्रभु इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४४ करोड १४ लाख रुपैयाँ रहेको छ । कम्पनीले ८३ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न बोर्डमा निवेदन दिएको छ । बीमा प्राधिकरणले तोके अनुसार साढे २ अर्ब रुपैयाँ पूँजी पुर्याउनलाई कम्पनीले हकप्रद जारी गर्ने तयारी गरेको हो ।

कम्पनीले गत वर्षका लागि लाभांश घोषणा गर्न बाँकी छ । ५ वर्ष अगाडि १ अर्ब ५ करोड रुपैयाँ भन्दा धेरै पूँजी रहेको यस कम्पनीले त्यसयता लगातार बोनस शेयर वितरण गरेको छ ।

यता, रिटेन्ड अर्निङ पनि हरेक वर्ष बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्रभुको रिटेन्ड अर्निङमा ३० करोड ९२ लाख रुपैयाँ रहेको छ । जुन पछिल्ला वर्षहरुको भन्दा धेरै हो । पूँजी वृद्धि सँगै कम्पनीले सञ्चितिमा सुधार गरेको छ । जसले आगामी दिन लाभांश दर बढ्न सक्ने देखिन्छ ।

अदर इक्विटीमा १५ करोड ४० लाख देखिएको छ । जुन १ वर्ष अघि करिब १२ लाख थियो । कम्पनीले सबैभन्दा राम्रो सुधार सञ्चितिमा गरेको छ । जुन कुरा रिपोर्टले पनि देखाएको छ ।

बीमा कोष, बीमा संकलन र दाबी भुक्तानी

पुससम्म आइपुग्दा प्रभु इन्स्योरेन्सको बीमा कोषमा २ अर्ब ६९ करोड ३८ लाख रुपैयाँ जम्मा छ । उक्त कोषमा लगातार जस्तो वृद्धि देखिएको छ । ५ वर्ष अगाडि यस कम्पनीको बीमा कोषमा १ अर्ब ११ करोड रुपैयाँ थियो । अहिले लगभग २ गुणाले बढेको छ ।

यता, कुल बीमा शुल्क संकलन पनि बढेको छ । २०८०-८१ मा यस कम्पनीले ६५ करोड २२ लाख बीमा शुल्क संकलन गरेको थियो । २०७९-८० मा कम्पनीले ५७ करोड ७ लाख, २०७८-७९ मा  ५१ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

बीमा शुल्क संकलनसँगै यसको दाबी भुक्तानी पनि बढेको छ । गत वर्ष मात्रै कम्पनीले २४ करोड ४४ लाख दाबी भुक्तानी गरेको छ । यो दर पछिल्ला वर्षहरुको भन्दा धेरै हो ।

लगानी तथा लगानीबाट हुने आम्दानी

प्रभु इन्स्योरेन्सले पुससम्म २ अर्ब ७० करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ । जुन हालसम्मकै सबैभन्दा धेरै हो । आव २०८०-८१ मा यस कम्पनीले २ अर्ब ५९ करोड लगानी गरेको थियो । रिपोर्ट अनुसार यसअघिका प्रत्यक वर्ष कम्पनीको लगानी बढेको छ ।

यता, लगानीबाट आम्दानीमा पनि सोही अनुसार वृद्धि देखिएको छ । २०७६-७७ मा ७ करोड ९१ लाख रुपैयाँ लगानीबाट हुने गरेको आम्दानी २०८०-८१ मा १३ करोड १० लाख पुगेको छ । कम्पनीले व्यापार विस्तार गर्दै जाँदा लगानी पनि बढेको हो । बीमा कम्पनीहरुको लगानी शेयर बजारमा पनि रहेको हुन्छ । त्यसैले बजार बढ्दै गयो भने लगानीबाट हुने आम्दानी पनि बढ्छ ।

नाफा

प्रभु इन्स्योरेन्सले २०८०-८१ मा करिब ५० करोड नाफा कमाएको छ । यो पछिल्ला वर्षहरुको तुलनामा सबैभन्दा धेरै हो ।  अघिल्लो वर्ष यस कम्पनीले २२ करोड ५० लाख नाफा कमाएको थियो ।

प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ

गत वर्षको असारसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी ३४.०५ रुपैयाँ पुगेको छ । यो सम्भवतः निर्जीवन बीमा कम्पनीहरुको मध्येको उच्च हो । चालू आवको दोस्रो त्रैमासमा पनि कम्पनीको इपीएस १६.६६ रुपैयाँ छ । नेटवर्थ पनि २०० रुपैयाँ भन्दा धेरै छ ।

प्रभु इन्स्योरेन्सले सम्पत्ति, व्यवसाय र अन्य आर्थिक गतिविधिहरुलाई आकस्मिक जोखिमबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले विभिन्न किसिमका बीमा योजनाहरु सञ्चालनमा ल्याएको छ । यी बीमा योजनाहरु मानिसको दैनिक जीवनदेखि लिएर उद्योग व्यवसायका लागि समेत अत्यन्त महत्वपूर्ण छन् ।

सवारी साधन बीमा प्रभु इन्स्योरेन्सको सबैभन्दा प्रचलित बीमा योजना हो । यसअन्तर्गत सवारीसाधनको क्षति, चोरी, आगलागी, वा सडक दुर्घटनाबाट हुने जोखिमहरुलाई कभर गरिन्छ ।

https://aarthikvoice.com/archives/25661

सम्पत्ति बीमा पनि अत्यन्त आवश्यक बीमा योजना हो । यसले आवासीय घर, व्यापारिक भवन, गोदाम, वा कारखाना जस्ता अचल सम्पत्तिमा आगलागी, चोरी वा अन्य प्राकृतिक तथा मानवजनित घटनाबाट हुने क्षतिको जोखिम कम गर्छ ।

यस किसिमको बीमाले आफ्नो सम्पत्तिप्रति सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ । यता, इन्जिनियरिङ बीमा विशेषतः निर्माण कार्य तथा मेसिनरी प्रयोगमा आधारित उद्योगहरुका लागि लक्षित गरिएको छ ।

https://aarthikvoice.com/archives/59177

यी योजनाहरुले समाजको हरेक तहका नागरिक तथा व्यवसायीलाई बीमा सुरक्षाको पहुँचमा ल्याउने कार्य गरिरहेका छन् । प्रभु इन्स्योरेन्सको बीमा योजनाहरु समय सान्दर्भिक, ग्राहक–केन्द्रित तथा जोखिम व्यवस्थापनमा प्रभावकारी देखिन्छन् ।

प्रभु इन्स्योरेन्स लिमिटेडका बीमा उत्पादनहरु आजको प्रतिस्पर्धात्मक बजारमा अत्यावश्यक र भरपर्दो साबित भएका छन् । यी उत्पादनहरु आर्थिक जोखिमको सुरक्षा दिन्छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?