National life

वैशाख मसान्तसम्म २७ अर्ब नाघ्यो जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० जेठ २०८२, मङ्गलबार
1.3kShares
वैशाख मसान्तसम्म २७ अर्ब नाघ्यो जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन
ncell

काठमाडौँ। वैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले २७ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेका छन् । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा जीवन बीमा कम्पनीहरूले माथि उल्लेखित रकम बराबरको नयाँ बीमा व्यवसाय भित्र्याउन सफल भएका हुन् ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीमध्येमा वैशाख मसान्तसम्मको अवधिमा नेपाल लाइफले सबैभन्दा धेरै अर्थात् ६ अर्ब ८३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्सोरेन्स कम्पनीले १० महिनाको अवधिसम्ममा ४ अर्ब ९ करोडको बीमा व्यवसाय भित्र्याउन सफल भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, यस त्रैमासको अवधिसम्ममा २ अर्ब १३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्दै एलआईसी नेपाल तेस्रो स्थानमा रहेको छ ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा सूर्य ज्योति लाइफले २ अर्ब ५ करोड रुपैयाँ, हिमालयन लाइफले १ अर्ब ९२ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ५४ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ३९ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ३३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

साथै, यस अवधिमा रिलायबल नेपाल लाइफले १ अर्ब १८ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ११ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ७ करोड रुपैयाा आइएमई लाइफले १ अर्ब ३ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९२ करोड रुपैयाँ र सन नेपाल लाइफले ८० करोड ५३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

                                           तालिकामा हेर्नुहोस्

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?