National life

वैशाख २८ गतेका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्सले डाक्यो सभा, यी हुन मुख्य एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ वैशाख २०८२, मङ्गलबार
622Shares
वैशाख २८ गतेका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्सले डाक्यो सभा, यी हुन मुख्य एजेण्डा
ncell

काठमाडौँ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले वैशाख २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले रानी महल बैंकेट प्रा.लि, ज्ञानेश्वर, काठमाडौँमा २८औँ वार्षिक साधारण सभा बिहान १० बजेका लागी बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरूलाई भुक्तानी गरेको रकम अनुमोदन गर्ने, प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरू पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले वैशाख १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार वैशाख १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
622SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?