National life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी सचेतना सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ चैत २०८१, सोमबार
586Shares
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी सचेतना सम्पन्न
ncell

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा चैत १९ गते संखुवासभा जील्लाको पाँचखपन नगरपालिकाको सभा हलमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा पाँचखपन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाको प्रमुख आतिथ्यता संचालन गरिएको थियो ।

नगरपालिका कृषि तथा पशु प्रविधिक, अन्य कर्मचारीहरु, सहकारी प्रतिनिधि तथा अगूवा कृषकहरु गरी जम्मा ५३ जना उपस्थिती रहेको उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कृषि तथा पशुपक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी वीमा प्रकृया ,दावी समबन्धमा,साथै कृषि बीमाको नयाँ सफ्टवेयर,र अभिकर्ता प्रविधिकको कृषि बीमा मा आवश्यक भुमिका बारे महत्वपूर्ण जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत मणीराम खतिवडाले प्रत्येक किसानलाई बीमासँग आबद्द गराउनुपर्ने,साथै पालीकाले पनि आबश्यक सहजीकरण गर्दै लैजाने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
संखुवासभामा बीमाको अवस्था र आवश्यक्ताका बारेमा बोल्दै कम्पनीका कोशि प्रदेश प्रमुख नारायण गौतमले कम्पनिले बीमाको दायरा बढाई थप बिस्तार गरेर किसानको पहूँच सम्म पुर्याउने काम कम्पनिले गर्ने बताए । उपस्थीत किसानहरुले बीमा आजको आवस्यकता रहेको र यस सचेतना कार्यक्रमले वीमा सम्बन्धि प्रष्टपारेको बताएका थिए।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनी लिमिटेडको आयोजना र भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका वडा नं। १ को समन्वयमा मिती २०८१ चैत्र १७ गते वडा नं. १ को कार्यालय श्यामशिलामा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न भएको थियो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता रहेको कार्यक्रममा वडा नं। १ का वडा अध्यक्ष श्री राजेन्द्र कुमार तामाङ्गको प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो । कार्यक्रम सञ्चालन भने भोजपूर शाखा प्रमुख सन्तोष तिवारीले गरेका थिए । कार्यक्रममा मुख्य बक्ताको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कृषि विभाग प्रमुख उमेश ढकाल रहेका थिए ।

कार्यक्रममा बीमा कसरी गर्ने , काहाँ गर्ने, किने गर्ने सहितको विस्तृत जानकारी र दावीको समयमा क्षतिपुर्ती लिने आवश्यक प्रकृया बारे जानकारी गराइएको थियो । वडा सदस्य, नगर कार्यपालिका सदस्य, कृषक तथा कर्मचारी गरी कुल ६५ सशभागि रहेको कार्यक्रममा बीमाका माध्यमबाट सूरक्षाको प्रत्याभुति दिलाउनका साथै नेपाल सरकारद्घारा जारी गरीएको सफ्टवेयर प्रणाली मार्फत बीमालेख जारी गर्ने प्रकृया बारे समेत जानकारी गराईएको थियो ।

कृषि ज्ञान केन्द्र भोजपुर आयोजना र सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनी लिमिटेडको समन्वयमा मिती २०८१ चैत्र १८ गते कृषि ज्ञान केन्द्र भोजपुर को सभाहलमा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र प्रमुख, मूकेश कूमार यादवको अध्यक्षतामा संचालनमा भएको कार्यक्रममा भोजपूर वडा नं.५ का वडा अध्यक्ष फडिन्द्र प्रधानको प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो । विशेष अतिथिका रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतम रहेका थिए । कार्यक्रममा कृषि ज्ञान केन्द्रका कर्मचारीहरु, भेटनरी अस्पताल, स्थानिय तह कृषि तथा पशु प्रविधिक अगूवा कृषक, पत्रकार लगायत अन्य सरोकारवाला निकायहरुबाट जम्मा ४० सहभागिहरुको उपस्थिती रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?