काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा उदयपुर जिल्लाको रौतामाई नगरपालिका–७ स्थित सभा हलमा कृषि, पशुपक्षी तथा विपद् बीमा जोखिम न्यूनीकरणसम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
माघ १२ गते सम्पन्न उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा रौतामाई नगरपालिका–७ का अध्यक्ष मनोजकुमार राणा मगरको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो। कार्यक्रमको सञ्चालन कम्पनीको गाईघाट शाखा प्रमुख धनबहादुर कटूवालले गरेका थिए।
कार्यक्रममा रौतामाई नगरपालिकाका कृषि तथा पशु प्राविधिक, अन्य कर्मचारी, प्रतिनिधि तथा अगुवा कृषकहरू गरी करिब ४० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममार्फत कृषकहरूलाई कृषि तथा पशुपक्षी बीमाको महत्व, जोखिम न्यूनीकरणका उपाय र बीमा दाबीसम्बन्धी व्यावहारिक पक्षबारे सचेत गराइएको आयोजकले जनाएको छ।



































