National life

सानिमा रिलायन्स लाइफको खुद मुनाफा ३७.८८ प्रतिशतले वृद्धि,अन्य सूचांक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
584Shares
सानिमा रिलायन्स लाइफको खुद मुनाफा ३७.८८ प्रतिशतले वृद्धि,अन्य सूचांक कस्ता ?
ncell

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले २१ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। जुन गत आवको भन्दा  ३७ दशमलव ८८ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १५ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ४४ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ३ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन २ अर्ब ३१ करोड थियो ।

यस अबधिमा कम्पनीको जीवन बीमा कोष १५८ दशमलव ०७ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ८ अर्ब ६४ करोड रुपैयाँ संचय भएको छ । अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ३ अर्ब ३४ करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष ९१ दशमलव १० प्रतिशतले वृद्धि हुँदै ७४ करोड ८९ लाख पुगेको छ ।

कम्पनीले गत आर्थिक वर्ष ९० करोड ८१ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४३ करोड ८३ लाखको खुद दाबी भुक्तानी भएको थियो ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब १८ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ५२ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?