National life
cg eloctronics

सानिमा रिलायन्स लाइफको जीवन बीमा कोषमा २८% को छलाङ, सञ्चित आम्दानी ६८% बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१३ दिन अगाडि|२८ कात्तिक २०८३, शनिबार
5.6kShares
सानिमा रिलायन्स लाइफको जीवन बीमा कोषमा २८% को छलाङ, सञ्चित आम्दानी ६८% बढ्यो
muktinatha bikash bank

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वित्तीय सूचकहरूमा सुधार गरेको छ । कम्पनीको जीवन बीमा कोष, खुद आर्जित बीमाशुल्क, कुल आम्दानी तथा सञ्चित आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ ।

कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार जीवन बीमा कोष २८.५३ प्रतिशतले बढेर २६ अर्ब ८३ करोड ३१ लाख ९३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोष २० अर्ब ८७ करोड ७१ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, कम्पनीको खुद आर्जित बीमाशुल्क २३.१२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीले २ अर्ब १९ करोड ४२ लाख १५ हजार रुपैयाँ खुद आर्जित बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब ७८ करोड २१ लाख ४४ हजार रुपैयाँ थियो ।

everest bank

कम्पनीको कुल आम्दानीमा पनि सकारात्मक वृद्धि देखिएको छ । पहिलो त्रैमासमा कुल आम्दानी १८.०४ प्रतिशतले बढेर २ अर्ब ६५ करोड ५८ लाख ७० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब २४ करोड ९९ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी, कम्पनीको सञ्चित आम्दानीमा उल्लेख्य सुधार भएको छ । रिटेन्ड अर्निङ ६८.४५ प्रतिशतले बढेर ६० करोड ६२ लाख २४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो रकम ३५ करोड ९८ लाख ८३ हजार रुपैयाँ थियो ।

कम्पनीको विपत्ति जगेडा कोष पनि १४.८६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा १८ करोड ५९ लाख २५ हजार रुपैयाँ रहेको उक्त कोष समीक्षा अवधिमा बढेर २१ करोड ३५ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

खुद नाफा र प्रतिसेयर आम्दानीमा पनि सुधार

कम्पनीको खुद नाफामा समेत वृद्धि भएको छ । समीक्षा अवधिमा सानिमा रिलायन्स लाइफले १५ करोड २ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १४ करोड ९६ लाख ८ हजार रुपैयाँ थियो । यसअनुसार कम्पनीको खुद नाफा ०.४० प्रतिशतले बढेको हो ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि सामान्य वृद्धि भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ११ रुपैयाँ ९३ पैसा रहेको ईपीएस बढेर समीक्षा अवधिमा ११ रुपैयाँ ९८ पैसा पुगेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २१ पैसा कायम भएको छ ।

समग्रमा, सानिमा रिलायन्स लाइफको पहिलो त्रैमासिक वित्तीय विवरणमा जीवन बीमा कोष, बीमाशुल्क संकलन, कुल आम्दानी र सञ्चित आम्दानीमा दोहोरो अंकको वृद्धि देखिएको छ । खुद नाफा र प्रतिसेयर आम्दानीमा भने सामान्य सुधार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
5.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?