National life

बाढीपीडितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख सहयोग घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२० दिन अगाडि|१४ भदौ २०८३, आइतबार
1.3kShares
बाढीपीडितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख सहयोग घोषणा
ncell

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले रसुवासहित देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ७२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ उपलब्ध गराउने जनाएको हो।

यस्तै, कम्पनीका सञ्चालक समिति तथा कर्मचारीबाट थप २१ लाख रुपैयाँ सहयोग गरिने भएको छ। यससँगै कम्पनी, सञ्चालक समिति र कर्मचारीको तर्फबाट बाढी प्रभावितका लागि कुल ७२ लाख रुपैयाँ सहयोग उपलब्ध गराइनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले बाढीका कारण देशका विभिन्न क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। साथै, विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

सानिमा रिलायन्स लाइफले बाढी तथा प्राकृतिक विपद्का कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यले अघि बढाएका प्रयासमा आफ्नो तर्फबाट सहयोग र सहकार्यलाई निरन्तरता दिने कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?