National life

सिटिजन लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ साउन २०८०, आइतबार
513Shares
सिटिजन लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा आज आइतबार साउन १४ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त आइपीओमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अर्थात साउन १३ गते विहान १०ः०६ बजेसम्म २५ हजार ७२९ जनाले ४३ करोड ८९ लाख ७ हजार २०० रुपैयाँ बरारबको १७ लाख ९८ हजार ८०० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले प्रति शेयर रू १०० अङ्कित दरमा कर्मचारीहरुको लागि र बाँकीलाई प्रति शेयर रू १०० अङ्कित दरमा प्रिमियमवापत रू १४४ थप गरी जम्मा प्रति शेयर मूल्य रू २४४ मा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्नेछ । कम्पनीले ५ लाख ६२ हजार ५०० कित्ता शेयर प्रति शेयर रू १०० अङ्कित दरमा कर्मचारीका लागी सुरक्षित गरेको छ ।

साधारण शेयरको सर्वसाधारणमा निष्काशन गरिने तथा सर्वसाधारणलाई छुट्टाइएको शेयरमध्येको ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ९० लाख कित्ता साधारण शेयरहरूको सार्वजनिक निष्काशन गरिने छ ।

आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

 

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?