काठमाडौं। अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (MDRT) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सूर्यज्योतिका ५५ जना उत्कृष्ट अभिकर्ताहरु एमडीआरटी २०२६ को सदस्य बन्न सफल भएका छन। उक्त ५५ जना मध्ये गौरव कुमार शाही र दिपक सापकोटा कोर्ट अफ द टेबल (COT) का लागी योग्य भएका छन। गौरव कुमार शाही COT मा तेश्रो पटक र दिपक सापकोटा दोश्रो पटक छनौट हुन सफल भएका हुन।

जस अनुसार कोशी प्रदेश बाट २ जना, बागमती प्रदेश बाट २९ जना, गण्डकी प्रदेश बाट ५ जना, लुम्बिनी प्रदेश बाट १३ जना, कर्णाली प्रदेश बाट ३ जना र सुदुर पश्चिम प्रदेश बाट ३ जना गरी जम्मा ५५ जना छनौट भएका हुन। साथै, ३ वा सोभन्दा बढी पटक MDRT हासिल गर्ने ६ जना र ५ वा सोभन्दा बढी पटक MDRT हासिल गर्ने २ जना गरि ८ जना दीर्घसेवा पदकबाट सम्मानित भएका छन।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सन् २०२६ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) का लागि छनौट हुन सफल ५५ जना सबैलाई अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने विश्वभरका अभिकर्ताहरुको भेलामा नेपालको प्रतिनिधित्व गर्दै नेपाल र सूर्यज्योति लाइफको झण्डा फहराउन अवसर प्राप्त गरेका अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गर्नुका साथै कर्मठ, लगनशिल र मेहनति अभिकर्ताहरु प्रति कृतज्ञता ब्यक्त गर्दै आगामी दिनमा अझ मेहनत र लगन स्वरुप अघि बढ्न आग्रह गरेका छन।

नेपालकै पहिलो ९००१-२०१५ आई,एस. ओ. प्रमाणित सूर्यज्योति लाइफको हाल चुक्ता पूजी रु. ५०१ करोड, जीवन बीमाकोष रु. ४,३८३ करोड, लगानी रु. ४,८४५ करोड, नेटवर्थ रु ६७४ करोड, १ लाख ६ हजार अभिकर्ता संख्या, ३५ लाख ८७ हजार बीमालेख संख्या र देशै भरि रहेका १७६ शाखा संजाल मार्फत आफ्ना बिमितहरुलाई कम्पनीले सेवा प्रदान गरिरहेको छ। साथै कम्पनीले नेपालकै सर्वाधिक ३५ घातक रोगहरु बिरुद्ध रु. ५० लाखसम्मको आर्थिक सुरक्षा प्रदान गरिरहेको छ।

साथै कम्पनीले नियमनकारी निकायद्वारा तोकिएको निर्धारित समयावधि भित्रै आर्थिक वर्ष २०८१/८२ को बार्षिक साधारण सभा यहि पौष ३० गते सम्पन्न गर्दै शेयरधनीहरुका लागि १३ प्रतिशत नगद लाभांस समेत बितरण गरीसकेको छ।





































