National life

एशियन लाइफको बीमाशुल्क र जीवन बीमाकोषमा उल्लेख्य वृद्धि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२९ साउन २०८३, शुक्रबार
1.3kShares
एशियन लाइफको बीमाशुल्क र जीवन बीमाकोषमा उल्लेख्य वृद्धि
ncell

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो वित्तीय कारोबारमा सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफादेखि बीमाशुल्क आर्जन र जीवन बीमाकोषसम्मका अधिकांश प्रमुख सूचकमा वृद्धि भएको देखिएको छ।

कम्पनीले समीक्षा अवधिमा ४१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको ४० करोड ९३ लाख ३७ हजार रुपैयाँको तुलनामा १.१९ प्रतिशत बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको व्यवसाय विस्तारसँगै जीवन बीमाकोष पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा ४७ अर्ब ७ करोड ८ लाख रुपैयाँ रहेको जीवन बीमाकोष बढेर समीक्षा अवधिमा ५३ अर्ब १७ करोड ४८ लाख रुपैयाँ पुगेको छ।

बीमाशुल्क आर्जनमा पनि कम्पनीले उल्लेख्य प्रगति गरेको छ। कम्पनीको खुद बीमाशुल्क आर्जन १३.४८ प्रतिशतले बढेर १० अर्ब ४४ करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो बीमाशुल्क आर्जन ९ अर्ब २० करोड २९ लाख रुपैयाँ थियो।

बीमा व्यवसायको विस्तारसँगै कम्पनीको कुल आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कुल आम्दानी ८.६३ प्रतिशतले वृद्धि भई १४ अर्ब २९ करोड ६८ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीले ११ अर्ब ४९ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। कम्पनीको कुल खर्च भने १३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।

एशियन लाइफको चुक्ता पुँजी ५ अर्ब २५ करोड रुपैयाँ रहेको छ। कम्पनीको महाविपत्ति कोष १४.४१ प्रतिशतले बढेर ३२ करोड ८८ लाख रुपैयाँ पुगेको छ। तर, जगेडा कोषमा भने कमी आएको छ। अघिल्लो वर्षको तुलनामा जगेडा कोष करिब ३९ प्रतिशत घटेर ५२ करोड ६७ लाख २५ हजार रुपैयाँ कायम भएको छ।

नाफामा आएको वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। अघिल्लो वर्ष ७ रुपैयाँ ८० पैसा रहेको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा बढेर ७ रुपैयाँ ८९ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ १३ पैसा रहेको छ।

यद्यपि, जीवन बीमा कम्पनीको चौथो त्रैमाससम्म देखिएको अपरिष्कृत नाफालाई अन्तिम मुनाफा मानिँदैन। बीमाङ्कीय मूल्याङ्कन सम्पन्न भएपछि मात्रै कम्पनीको वास्तविक मुनाफा निश्चित हुने व्यवस्था छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?