काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.२९ प्रतिशतले बढी हो। गत आवको पुस मसान्तसम्म कम्पनीले २५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.४० प्रतिशतले वृद्धि भई ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म यो रकम ४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो।
यस अवधिमा कम्पनीको कुल आम्दानी ६ अर्ब ९ करोड १२ लाख रुपैयाँबाट ७.३४ प्रतिशतले बढेर ६ अर्ब ५३ करोड ८२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै,कम्पनीको कुल खर्च ५ अर्ब ५२ करोड ८१ लाख रुपैयाँबाट ८.४० प्रतिशतले बढेर ५ अर्ब ९९ करोड २२ लाख रुपैयाँ पुगेको छ।
पुस मसान्तसम्मको अवधिमा कम्पनीले अभिकर्तालाई दिने कमिशन ११.२४ प्रतिशतले बढाएर ३९ करोड २२ लाख रुपैयाँ पुगेको छ। गत आवको यसै अवधिमा कम्पनीलेअभिकर्तालाई ३५ करोड २५ लाख रुपैयाँ कमिशन दिएको थियो।
त्यस्तै,कम्पनीको जीवन बीमाकोष ४४ अर्ब ६८ करोड ७५ लाख रुपैयाँबाट बढेर ५० अर्ब ८५ लाख रुपैयाँ नाघेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२८.७३ रुपैयाँ रहेको छ।
कम्पनीको महाविपत्ति कोष ३१ करोड ३८ लाख रुपैयाँ र रिटेन्ड अर्निङ ९१ करोड ९० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ लाख ६३ हजार ५७० वटा बीमालेख जारी गरेको जनाएको छ।
कम्पनीको पीई अनुपात ४४.९४ गुणा कायम भएको छ भने प्रतिसेयर आम्दानी(ईपीएस) १०.५४ रुपैयाँ पुगेको छ।

































