काठमाडौं । मेरो एकल नाममा ईन्फिनिटी होल्डिङ्स प्रा. लि रहेको छ । उक्त प्रा.लि.मा चुक्ता पुँजी ४८ करोड रहेको छ ।
दुईवटा माईक्रो ईन्स्योरेन्स नेपाल माईक्रो लाईफ र गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्समा कम्पनीमा १५/१५% शेयर रहेको छ । ईन्फिनिटी होल्डिङ्स एकल लगानी अन्तर्गतको हिमालयन यसेस्ट म्यानेजमेन्ट कम्पनी रहेको छ ।
ईन्फिनिटि ईन्फ्रास्टक्चर कम्पनी लगायतमा मेरो लगानी रहेको छ । सम्पूर्ण विवरण हाल एकिन भएन । उक्त लगानी मेरो व्यवसायबाट आर्जन गरिएको हो । मेरो श्रीमतीको लगानी अन्तर्गत हिमालयन रिइन्स्योरेन्समा ५० लाख लगायत केही कम्पनीहरूमा लगानी रहेको छ।
म हाल हिरासतमा रहेकोले पूर्ण जानकारी भएन । म पछि एकिन गर्नेछु । सि.नं. १ को नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि. को सामान्य जानकारी छ । तत्कालिन अध्यक्ष आशिष श्रेष्ठलाई साथीको रूपमा सामान्य चिन्दछु । सि. नं. २ को हिमालयन रिइन्स्योरेन्स लि. कम्पनीमा मेरो Infinity Holdings Pvt. Ltd. कम्पनीमार्फत अन्दाजी ४.५% लगानी रहेको छ ।
पदाधिकारीहरूको बारेमा निवर्तमान अध्यक्ष शेखर गोल्छा साथी, लगानी संयोजक शाहिल अग्रवाल साथी र प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललाई सामान्य चिन्दछु । सि.नं. ३ को हिमालयन क्यापसर्व लि. कम्पनीको सामान्य जानकारी छ पदाधिकारीहरू बारे जानकारी भएन । सि.नं. ४ हिमालयन सेक्युरिटिज बैंकर लि. कम्पनीको सामान्य जानकारी छ । पदाधिकारीहरूलाई चिन्दिन । सि.नं. ५ हिमायलयन लाईफ इन्स्योरेन्स लि. को कम्पनी बारेमा सामान्य जानकारी छ । यस पूर्वका अध्यक्ष मेरो साथी शुलभ अग्रवाल थिए । सि.नं. ६ को कम्पनीको बारेमा सामान्य जानकारी छ ।
पदाधिकारी चिन्दिन । सि नं. ७ भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा. लि. को कम्पनीमा मैंले DMAT खाता खोलेको छु । सोही क्रममा सन्दिप चाचान अग्रवाललाई सामान्य चिन्दछु । उक्त ब्रोकरमा मेरो खाता रहेता पनि मैंले हालसम्म कारोबार गरेको छैन । मैंले मेरो शेयर कारोबारको लागि भृकुटी स्टक ब्रोकिङ प्रा.लि. (ब्रोकर नं.५५) मा एउटा मात्र खाता रहेको छ । उक्त कारोबारको लागि मैंले कुनै पनि खाता प्रयोग ग छैन साथै कारोबार पनि गरेको छैन । उक्त KYC फारममा मैंले मेरो माथि उल्लिखित विवरणहरूका साथै सम्पर्क नं. ९८५११९८८०८ र Email Address: dbhatta7@gmail.com रहेको छ । भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा. लि. (ब्रोकर नं. ५५) मा मैंले खाता खोलेर कारोबारको लागि सम्झौता गरेको ठीक साँचो हो । तर सम्झौता कार्यान्वयनमा आएको थिएन र छैन । कारोबारको लागि आदेश र सहमति नदिएको र अनिवार्य २५% धरौटी समेत नदिएको अवस्थामा मैंले कुनै कारोबार नगरेको स्पष्ट देखिन्छ ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट बयानको क्रममा मात्र मेरो खाता प्रयोग गरी कारोबार गरेको भन्ने जानकारी पाएको थिएँ । को कसले उक्त खाता चलाएका हुन् सम्बन्धीत ब्रोकर समेतसँग छानविन गरी कारवाही गरी पाउँ । मेरो संलग्नता नभएकोले उक्त रकम दुरूपयोगको बारेमा मलाई जानकारी छैन ।
मैंले शेयरको कुनै कारोबार गरेको छैन । भृकुटी ब्रोकर कम्पनीले गरेको रहेछ । शेयर खरिदको प्रकृयामा मेरो कुनै सहमति, निर्देशन र अनिवार्य रूपमा दिनुपर्ने कोल्याटरल बापतको २५ % समेत नदिएकोले वास्तविक कारोबार र वास्तविक धनी म होईन । TMS पनि ति कारोबार गर्दा मेरो र मेरो समेत लगानी रहेको सबै कम्पनीहरूको शेयर कारोबारमा प्रयोग भएको TMS को IP Address एउटै कार्यालयबाट सञ्चालन भएको थाहा हुन आयो । मैंले माथि नै उल्लेख गरे बमोजिम कुनै पनि शेयर कारोबारमा संलग्न छैन । त्यसैले मलाई सवालमा उल्लिखित कारोबारको उद्देश्य र कारोबारमा संलग्नताको बारेमा जानकारी भएन ।
बरू TMS प्रयोगकर्ता (IP Address) सहित र वास्तविक धनी र निजहरुको मनसाय समेतको विस्तृत अनुसन्धान होस् । मैंले ब्रोकरको सल्लाह बमोजिम उक्त सम्झौता गरेको थिएँ । कानुनी हैसियतको विषयमा ग्राहकले नभई ब्रोकरले जानकारी राख्ने विषय हो । तर सम्झौतामा नेपालको कानुन बमोजिम भनी उल्लेख भएको छ । मेरो बुझाईमा मैंले कारोबार नै नगरेको र कारोबारको निम्ती अपनाउनुपर्ने प्रकृयामा सामेल नभएको साथै निर्देशन र सहमति समेत नदिएको र अनिवार्य रुपमा खरीद पूर्व जम्मा गर्नुपर्ने २५ % कोल्याटरल समेत जम्मा नगरेको अवस्थामा मलाई ब्रोकरबाट जालसाजी भएको छ ।
मैंले सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा मात्र जालसाजीको जानकारी पाएको हो । सोपश्चात ब्रोकरलाई बोलाई उसलाई मुद्दा गरिदिन्छु भन्दा निजले आफ्नो गल्ती स्वीकार गरी राफसाफ गर्ने बचन दिएको थियो । त्यसैले मैंले अन्य कानुनी उपचारको प्रकृया नगरेको हो । TMS खाता खोल्दा KYC मा भरिएको विवरण स्वीकार गरेको सत्य साँचो हो । कारोबारको म्यासेज आए तापनि मैंले प्राय फोन कम प्रयोग गर्नु र Whatsapp को लागि Internet Connect मात्र गर्ने गरेकोले मैंले SMS नोटिस गरिन ।
कानुनी उपचार सम्बन्धमा मैंले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट मेरो खातामा शेयर कारोबार भएको जानकारी पाउने वित्तिकै सम्बन्धीत ब्रोकरको कार्यकारी प्रमुख सन्दिप चाचानलाई बोलाई सोधपुछ गर्दा निज स्वयंले गल्ती स्वीकार गरी माफी समेत मागेको र छिट्टै कानुन बमोजिम समाधान निकाल्छु भनेको थियो । त्यस समयमा मेरो खातामा रहेका शेयर रोक्का रहनुका साथै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट कारोबार नगर्न सन्दिप चाचानलाई निर्देशन दिएकोले निजले कारोबार राफसाफ गर्न नपाएको हुनसक्छ । अर्कोतर्फ मैंले माथिका जवाफहरूमा खुलाए बमोजिम नै मेरो कुनै संलग्नता छैन भन्ने समेत ब्यहोराको प्रतिवादी दिपक भट्टको बयान ।
(बीमा प्राधिकणसँग दिपक भट्टको बयान)
































