National life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई ‘ए’ रेटिङ, वित्तीय अवस्था बलियो पुष्टि

इक्रा नेपालको मूल्याङ्कनमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सुदृढ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१७ साउन २०८३, आइतबार
1KShares
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई ‘ए’ रेटिङ, वित्तीय अवस्था बलियो पुष्टि
ncell

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडलाई इक्रा नेपालले वित्तीय सुदृढता, जोखिम व्यवस्थापन क्षमता तथा दायित्व बहन गर्ने क्षमताको आधारमा ‘ए’ रेटिङ प्रदान गरेको छ। यसअघि ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’मा रहेको कम्पनीलाई सो सूचीबाट हटाउँदै नयाँ रेटिङ दिइएको हो।

इक्रा नेपालको प्रतिवेदनअनुसार ‘ए’ रेटिङ प्राप्त संस्था वित्तीय दायित्व समयमै पूरा गर्न सक्षम तथा कम क्रेडिट जोखिम भएको मानिन्छ।

कम्पनीको नाफा प्रदर्शन पछिल्ला वर्षहरूमा स्थिर देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सन् २०२२ मा ६७ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले सन् २०२३ मा ६६ करोड, सन् २०२४ मा ६८ करोड ८० लाख, सन् २०२५ मा ७५ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। सन् २०२६ को पहिलो ९ महिनामा कम्पनीले ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ।

बीमा शुल्क संकलनतर्फ पनि कम्पनीको प्रदर्शन उल्लेखनीय छ। सन् २०२६ को ९ महिनामा कम्पनीले २ अर्ब ७० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। यसअघि सन् २०२२ मा ४ अर्ब ४१ करोड ५० लाख, सन् २०२३ मा ५ अर्ब ३० लाख, सन् २०२४ मा ४ अर्ब १९ करोड २० लाख र सन् २०२५ मा ४ अर्ब २८ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो।

खुद बीमा शुल्कतर्फ सन् २०२६ को ९ महिनामा कम्पनीले १ अर्ब ३० करोड १० लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्ला वर्षहरूमा भने सन् २०२२ मा १ अर्ब ७१ करोड, सन् २०२३ मा १ अर्ब ९३ करोड ९० लाख, सन् २०२४ मा १ अर्ब ८४ करोड ४० लाख र सन् २०२५ मा २ अर्ब १२ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन भएको थियो।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड सन् २०२३ मार्चमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडबीच भएको मर्जरपछि स्थापना भएको हो। कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको बबरमहलमा रहेको छ।

सन् २०२६ अप्रिल मध्यसम्म कम्पनीका प्रमुख सेयरधनीहरूमा रामलाल श्रेष्ठ (करिब ६.२%), सिद्धार्थ बैंक लिमिटेड (करिब ५.७%) र बालकृष्ण श्रेष्ठ (करिब ३.५%) रहेका छन्। कम्पनीमा प्रवर्द्धक र सर्वसाधारणको सेयर अनुपात ५१:४९ रहेको छ।

हाल कम्पनीले देशभर १२८ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?