National life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा २२ करोड नाघ्यो, बीमाशुल्क आर्जनमा समेत वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ माघ २०८१, मङ्गलबार
720Shares
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा २२ करोड नाघ्यो, बीमाशुल्क आर्जनमा समेत वृद्धि
ncell

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आवको दोस्रो त्रैमाससम्म २२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३७ दशमलव ६७ प्रतिशतले घटेको छ। गत वर्ष यस अवधिसम्म कम्पनीले ३६ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो। नाफा घटे पनि कम्पनीको खुद बीमाशुल्क आर्जन बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत वर्ष कम्पनीको बीमाशुल्क आर्जन ७९ करोड २५ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८० करोड ३९ लाख रुपैयाँ पुगेको छ। चालू आवमा कम्पनीको कुल आम्दानी भने घटेको छ। गत आवमा कम्पनीको कुल आम्दानी १ अर्ब ३३ करोड रुपैयाँ रहेकोमा चालू आवमा घटेर १ अर्ब ३० करोड रुपैयाँमा झरेको छ। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ।

त्यस्तै,कम्पनीको शेयर प्रिमियम ४ लाख रुपैयाँ, स्पेशल रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ३१ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँ भन्दा बढी सञ्चित रहेको छ। त्यस्तै चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ०३ पैसा र प्रतिशेयर नेटवर्थ २ सय ८७ रुपैयाँ ३४ पैसा रहेको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
720SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?