National life

स्वास्थ्य बीमा ऐन कार्यान्वयन गर्न सरकारलाई सांसद चन्दको आग्रह

स्वास्थ्य बिमा सम्पन्न व्यक्तिका लागि एउटा विकल्प होला तर गरिब विपन्न र निमुखा नागरिकका लागि उपचार पाउने राज्य प्रतिको ठुलो भरोसा हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०५ असोज २०८३, सोमबार
342Shares
स्वास्थ्य बीमा ऐन कार्यान्वयन गर्न सरकारलाई सांसद चन्दको आग्रह
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. आनन्द बहादुर चन्दले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन कानुनी व्यवस्था कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले स्वास्थ्य बीमा सम्पन्न व्यक्तिका लागि एउटा विकल्प भए पनि गरिब, विपन्न र निमुखा नागरिकका लागि उपचार पाउने राज्यप्रतिको महत्वपूर्ण भरोसा भएको बताएका हुन् ।

उनले भने, ‘स्वास्थ्य बिमा सम्पन्न व्यक्तिका लागि एउटा विकल्प होला तर गरिब विपन्न र निमुखा नागरिकका लागि उपचार पाउने राज्य प्रतिको ठुलो भरोसा हो ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले स्वास्थ्य बीमा कार्यक्रममा अपेक्षाअनुसार नागरिकको आबद्धता विस्तार हुन नसकेको भन्दै यसलाई व्यापक बनाउन आवश्यक रहेको बताए । आफू पनि स्वास्थ्य बीमा प्रणालीसँग जोडिएको व्यक्ति भए पनि हालसम्म आफ्नो सेवा–सुविधामार्फत स्वास्थ्य बीमामा आबद्ध हुन नसकेको बताए । 

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ३ ले प्रचलित कानुनबमोजिम राष्ट्रसेवक मानिने व्यक्ति स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्ने व्यवस्था गरेको बताए ।

उनले भने, ‘स्वास्थ्य बिमा एन २०७४ दफा ३ ले प्रचलित कानुन बमोजिम राष्ट्र सेवक मानिने व्यक्ति स्वास्थ्य बिमामा आबद्ध हुनु पर्दछ । त्यसैले म सरकारलाई सुझाव दिन चाहन्छु । यो कानुनी व्यवस्था तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरियोस् र राष्ट्र सेवक मानिने सम्पूर्ण व्यक्ति तोकिएको संस्थामा कार्यरत व्यक्तिलाई स्वास्थ्य बिमामा आबद्ध गर्ने प्रक्रिया तुरुन्त सुरु गरियोस् ।’

सांसद चन्दले उक्त कानुनी व्यवस्थालाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् । राष्ट्रसेवक मानिने सम्पूर्ण व्यक्ति तथा तोकिएका संस्थामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने उनले बताए । 

उनले योगदान गर्न सक्ने अनौपचारिक क्षेत्रलाई समेत स्वास्थ्य बीमा प्रणालीमा पूर्ण रूपमा जोड्न सके कार्यक्रमको आर्थिक आधार बलियो बन्ने बताए । यसबाट गरिब तथा विपन्न नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई थप दिगो बनाउन सकिने उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
342SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?