National life

युनाइटेड अजोड इन्स्योरेन्सको बोनस सेयर घोषणा, कति प्रतिशत पाउने?

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०५ असार २०८३, शुक्रबार
1.4kShares
युनाइटेड अजोड इन्स्योरेन्सको बोनस सेयर घोषणा, कति प्रतिशत पाउने?
ncell

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हालको चुक्ता पूँजीमा ४.२८५७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनस सेयरमा लाग्ने कर व्यवस्थापनका लागि ०.२२५६ प्रतिशत नगद लाभांशसमेत दिने प्रस्ताव गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि र वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ।

बीमा कम्पनीहरूले लाभांश वितरण गर्नुअघि नियामक निकायको स्वीकृति अनिवार्य हुने व्यवस्था अनुसार कम्पनीले प्रस्ताव स्वीकृतिका लागि प्राधिकरणमा पठाउने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?