काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विभिन्न विभागका लागि नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको छ।
कम्पनीले साउन १२, २०८३ मा जारी गरेको सूचनाअनुसार योग्य, दक्ष र प्रतिबद्ध उम्मेदवारहरूबाट विभिन्न पदका लागि आवेदन माग गरिएको हो।
इच्छुक व्यक्तिहरूले दरखास्तसहित अद्यावधिक बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक तथा अनुभवसम्बन्धी प्रमाणपत्र र पासपोर्ट साइजको फोटो समावेश गरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ।
कम्पनीका अनुसार प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूलाई मात्र सम्पर्क गरिनेछ।
साथै, व्यक्तिगत वा टेलिफोनमार्फत गरिने कुनै पनि सम्पर्कलाई मान्यता नदिइने र आवश्यक ठानेमा कम्पनीले बिना कारण आवेदन स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ।
थप विवरणका लागि कम्पनीको आधिकारिक वेबसाइट www.uail.com.np वा सूचनामा दिइएको QR कोडमार्फत जानकारी लिन सकिने उल्लेख गरिएको छ।
































