National life

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा १३.२७ गुणा बढी आवेदन, आइपीओ पर्न भाग्यकै भर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ फागुन २०८१, बिहिबार
907Shares
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा १३.२७ गुणा बढी आवेदन, आइपीओ पर्न भाग्यकै भर
ncell

काठमाडौँ। नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन ५ बजेसम्म १९ लाख ९७७ जना आवेदन दिएका छन्।

सीडीएससीका अनुसार २ करोड ४४ लाख ८३ हजार २२० कित्ता खरिदका लागि माथि उल्लेखित सख्या बराबरको आवेदन परेको जनाएको छ । यो मागभन्दा १३.२७ गुणा बढी आवेदन हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको कारण गोला प्रथाबाट बाँडफाँट हुनेछ। त्यसमा पनि १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।

कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो। यस अगाडि फागुन ११ गतेबाट सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्कासन गरेको थियो।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्कासन गर्ने अनुमति पाएकोमा १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो।

साथै, कम्पनीका कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
907SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?