National life

पाकिस्तानमा आत्मघाती आक्रमण गरेको आईएसको दाबी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१६ साउन २०८०, मङ्गलबार
1.2kShares
पाकिस्तानमा आत्मघाती आक्रमण गरेको आईएसको दाबी
ncell

खार/(रासस/एएफपी) । इस्लामिक स्टेट (आईएस) ले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आइतबार आत्मघाती आक्रमण गरेको दाबी गरेको छ ।

खैबर पख्तुनख्वामा जमियत उलेमा–ए–इस्लाम–फजल राजनीतिक दलका समर्थकहरूको राजनीतिक भेलामा भएको आत्मघाती आक्रमणमा २३ जना बालबालिकासहति ५४ जनाको मृत्यु भएको थियो । करिब चार सय जना नेता तथा कार्यत्रकर्ता भेला भएको स्थानमा एक जना आत्मघाती आक्रमणकारीले आफूले लगाएको बारुदको ज्याकेट विष्फोट गराएको थियो ।

सोमबार एक विज्ञप्ति निकालेर आईएसले आक्रमणको जिम्मेवारी लिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त समूहले धार्मिक नेताहरूलाई आक्रमणको निशान बनाउने चेतावनी दिँदै आएको थियो । गत जनवरीमा पेशावरको प्रहरी परिसरमा भएको यस्तै प्रकृतिको आत्मघाती हमलामा ८० जना प्रहरी अधिकृतका ज्यान गएको थियो ।

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेयता छिमेकी पाकिस्तानमा हिंसाका घटना बढेका छन् । इस्लामावाले त्यसमा काबुलको संलग्नता रहेको आरोप लगाएको छभने अफगानिस्तानले त्यसको खण्डन गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?