National life

उद्योगको ४ करोड लगानी डुब्यो तर खेती गर्ने सपना बाचेकै कारण खुशी छु: खत्री

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ कात्तिक २०८१, आइतबार
788Shares
उद्योगको ४ करोड लगानी डुब्यो तर खेती गर्ने सपना बाचेकै कारण खुशी छु: खत्री
ncell

काठमाडौं । कविराज खत्री जो उमेरले ४६ वर्षको भए । दैलेखको भगवतीमाई वडा १ मा परिवारको जेठो सन्तानको रूपमा जन्मिएका उनी दैलेखमै दुखजेलो गर्दै जनतन माध्यमिक तहको पढाइ सके । सामान्य परिवारमा जन्मिएका खत्री अहिलेपनी पढाइलाई निरन्तरता दिएका छन् । उनी व्याचलर चौथो वर्षको परिक्षा दिने तयारीमा छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सानै उमेरदेखि जागिरमा रुचि नभएका खत्रीले २०५७ सालमा खरिदारमा नाम निकाले तर जागिरको मोह चढेन , त्यसपछि इन्डियन आर्मीमा भर्ती हुन गए त्यहाँ सबै कुरामा सफलता मिल्यो तर मनले बस्न मानेन त्यहाँबाट पुनः नेपालगन्ज फिर्ता भए। नेपाल प्रहरीका लागि त पटक पटक छोपिएरै लगियो तर उनमा जागिर गर्नुपर्छ भन्ने कहिल्यै दिमागमा आएन ।

खत्रीमा जागिरको भन्दा बरु राजनीतिक मोह बढी लाग्दै गयो, विद्यार्थीकाल देखि नै उनी राजनीतिक दलमा आबद्ध भएर काम गर्दै आए पार्टीको परीक्षण समेत जागिर होइन व्यवसाय भन्ने विशेष बलजोडका कारण उनी सक्रिय रूपमा राजनीतिमा हुँदा समेत व्यवसाय गर्ने चाहानालाई मर्न दिएनन् । देशमा भएको विभिन्न राजनीतिक आन्दोलनको कारण उनी ५४ सालतिर इन्डिया पसे त्यहाँ पनि राम्रै पारिश्रमिक लिएर होटेलमा काम गर्थे तर उनको मस्तिष्कबाट व्यवसाय गर्नुपर्दछ भन्ने कुरा बिलाउन सकेको थिएन। उनलाई एक वर्ष त्यहाँ बिताउन समेत मुस्किल पर्‍यो अन्ततः उनी फेरि आफ्नो सपनालाई आकार दिन नेपाल फर्किए र सुरु गरे तरकारी खेती ।

दैलेखमा ५५ सालमै एउटा कृषि समूह गठन भयो त्यसको सचिवको रूपमा कविले कामको थालनी गरे मान्छेहरू त्यो संगठनको विषय र उद्देश्यबारेमा केही जान्दैन थिए कतिले त कविलाई नै त्यो के गरेको भनेर पटक पटक प्रश्न गर्थे । शून्य चेत भएको समाजभित्र कृषि क्रान्तिको चेत भर्न कवि समाजको अनेकौँ प्रश्नलाई बेवास्ता गर्दै अगाडि बढे । केही समयमा व्यवसायीक रूपमा खत्री दैलेख जिल्लाकै तेस्रो उत्कृष्ट किसानको रूपमा स्थापित भए । त्यो समय रत्न बहादुर थापा, बलु शाही पछि तेस्रो स्थानमा व्यवसायीक सफलताको नाम कविको बन्यो त्यसपश्चात् सोही स्थान आसपासमा हुने पाठ पूजादेखि विवाह व्रतबन्धसम्मको काममा प्रयोग हुने जे जति तरकारीको परिमाण हुन्थ्यो त्यो खत्रीले नै परिपूर्ति गर्न थाले ।

तरकारी व्यवसाय राम्रो चलेको थियो, उत्पादन र आम्दानी पनि राम्रै थियो तर त्यसले कवि र उनको परिवारलाई मात्रै लाभ वा नाफा मिलेको थियो । व्यवसायी खत्रीलाई भने आफू मात्रै बन्ने वा व्यक्तिगत सफलता मिल्ने कुरामा चित्त बुझाई थिएन , उनी आफूसँगै आफ्नो समाज र सिङ्गो देश नै रोजगारयुक्त हुनुपर्छ, आफ्नो व्यवसाय पनि परिवार केन्द्रित होइन समाज र सिङ्गो देशको सेवा पुग्ने ढङ्गले अगाडि बढाउनुपर्छ भन्ने मानसिकता थियो । सोही अनुरूप उनले २०६७ साल भदौ २ गते दैलेखमा मसला उद्योगलाई दर्ता गरेर सञ्चालनमा ल्याए ।

मसला उद्योग त दर्ता भयो तर बजारीकरणका लागि बजार साघुरिदै जान थाल्यो त्यसपछि उनी बाक्लो र फराकिलो बजार खोज्दै दैलेखबाट सुर्खेत हानिए, सुर्खेतमा प्रशस्त बेसार थियो, खत्रीलाई उक्त बेसार बजारीकरण गर्नुपर्छ भन्ने जाँगर बढ्यो उनले मसला हुँदै त्यहाँ स्थानीयले उत्पादन गर्ने मकै, कोदो, अल्लो लगायत सबै सामाग्री खरिद गर्दै बिक्री गर्न थाले, त्यसको विक्री वितरण गर्न उनले सुर्खेतमा कोशेलीघर नै सञ्चालन गरे । बिस्तारै व्यापारले आकार लिन थाल्यो उनले व्यवसायलाई बढाउन थाले।

सुर्खेतमा खत्रीले १५ मिटर मोहडा ७० मिटर पिछाडमा ठुलो संरचना निर्माण गरेर महँगा मेसिनरी सामाग्रीको खरिद गर्दै व्यवस्थित रूपमा उद्योग सञ्चालन गर्न थाले। ४० लाख भन्दा बढी मूल्यका मेसिन खरिद भयो, तीन ठाउँमा बिक्री केन्द्र स्थापना गरियो , ९, १० जना कर्मचारी राखेर बृहत् रूपमा उद्योग सञ्चालन भयो । बिडम्बना भनौ उद्योग संञ्चाल भएको केही समय नबित्दै देशमा महामारीको रूपमा कोभिड भित्रियो । कोभिडले खत्रीलाई पनि थला पार्‍यो, उनी ३३ दिन त क्वारेनटाइनमा बसे, कोभिडसँगै व्यवसाय बिस्तारै घट्न लाग्यो ।

आर्थिक मन्दी चर्किँदै गयो लगानी गरेको रकम उठ्ने समय भएको थिएन । त्यही समयमा प्रदेश अन्तरगतको कृषि मन्त्रालयले स्थानीय उत्पादन प्रदर्शनको कार्यक्रम ल्याउने योजना तय गर्‍यो, तर त्यहाँ बेसार लिएर जाने कोही भएनन् खत्रीले लकडाउनकै बिचमा ९४ लाखको बेसार खरिद गरेर किसानलाई जिम्मा लगाए, मन्त्रालयकै आग्रहमा हिसाब मिलान गर्ने सहमतिमा खत्रीले बेसार उपलब्ध बनाए तर सुकुम्वासी परिवारले खरिद गरेको कारण न किसानले रकम तिरे न सरकारले त्यसपछि खत्री झनै समस्यामा परे , उद्योग दैनिक रूपमा धारासायी बन्दै गयो ।

त्यति बेलासम्म खत्रीको ५० लाख बढी लगानी डुबिसकेको थियो तर उनमा साहस मरेको थिएन, उनले बैंकबाट २ करोड लोन लिएर धारासायी बनेको उद्योगको अवस्था सुधार गर्ने योजना बनाए त्यति नै बेला प्रक्रिया अन्तिम चरणमा पुगेको समयमा बैंकहरुले लोन प्रवाह बन्द गरिदियो । उद्योगले चालु पुँजी पाएन, सामाग्री दैनिक रूपमा खिया लाग्दै जान थाल्यो, ३,४ करोडको लगानी गरेको उद्योगमा विकल्प सकिँदै गयो , कोभिडको कारण व्यक्तिले ऋण दिने अवस्था पनि थिएन ।

खत्रीले अनेकौँ उपाय गर्दासमेत लोन वा ऋण पाएनन् , उनलाई व्यवसायीले मात्रै हैन नातेदार र परिवारले समेत दोषी देख्न थाले, उनको मेहनत बालुवामा मिसाएको पानी जस्तो भएको थियो , कहिले कामदार, कहिले ऋणीले उनको घर घेर्न थाले खत्रीलाई बिस्तारै डिप्रेसन जस्तो हुन थाल्यो, उनी अस्वस्थ भए र पुनः रूपमा रित्तिएको महशुस गरेर अन्योलको यात्रामा केही बाकी रहेका आशाको किरण बोकेर राजधानी हानिए ।

मध्यरातमा श्रीमतीसँग खत्रीले कानेशुखी गरे, कसरी हुन्छ सुर्खेत छोड्ने र अन्यत्र जाने भनेर। जानुपर्छ भन्ने दुवैजनालाई जाग्यो तर कहाँ जाने थाहा थिएन । खत्रीको गोजीमा ५ सयको नोट बचेको थियो भोलीपल्ट बिहानै उनी श्रीमतीलाई बाइकको पछाडि राखेर सुर्खेतबाट बत्तिए । बिच बाटोमा आएर त्यहीँ ५ सयबाट उनले ३ सयको बाइकमा पेट्रोल भरे बाकी २ सयले श्रीमान् श्रीमतीले खाजा खाना खाएर अन्योलकै बिचमा कोहलपुर हानिए ।

कोहलपुरमा खत्रीको साडुदाई बस्थे उनी त्यही पुगे तर के गर्ने कसो गर्ने केही थाहा थिएन । साडूदाइकोमा खाना खाएर सुत्नेबेलामा खत्रीले मोबाइलको प्यासेन्जरमा काठमाडौँमै बस्ने दाई नाता लाग्ने गाउँवासी जगतप्रसादलाई अनलाइन देखे , उकुसमुकुस भरिएका खत्रीले नातेदार जगतदाईसँग पोखिने मौका पाए । आफूले सुर्खेत छोडेको र उद्योग धारासायी बनेको लम्बेतान कहानी सुनाए । दाइले जवाफमा बाकी केही भनेनन् मैले समस्या बुझेको छु , मेडमहरुलाई त्यहाँ छोडेर तपाई बिहानै काठमाडौँको यात्रा तय गर्नुस् बाकी म मिलाउँछु । खत्रीलाई ढुङ्गा खोज्दा देवता मिलेजस्तो महशुस भयो ।

अलि अलि इन्डिया जानुपर्छ होला भन्ने मनमनै सोच भएको खत्री बिहानै काठमाडौँ बत्तिए। वर्षपार्कमा झर्दा उनको गोजीमा ५ रुपैयाँ थियो , उनले बोकेको केही पोका बेसा बेचेर गाडीको भाडा तिरेको खत्रीले बिर्सनै सक्दैनन् । कवि काठमाडौँ आएको केही समयमा बिरामी परे, उनको सबै उपचार उनै जगतदाईले गरे ६,७ महिना उनैको निवासमा आश्रय लिएर बसे। पछि उनै जगतदाईले श्रीमती काठमाडौँ बोलाएर व्यवसायीक तरकारीखेती सुरु गर्ने सल्लाह दिए ।

खत्रीले सोही योजना बमोजिम अगाडि बढे सुरुको केही महिना अन्यत्रबाट तरकारी लिँदै व्यापार गर्दै गर्न थाले पछि जगतदाई नै साक्षी बसेर काठमाडौँको तार्केश्वर, साङ्लाफाटको एक कुनामा २ रोपनी जग्गा तरकारी खेतीको लागि भाडामा लिए। त्यहाँ संरचना बनाउनका लागि एक इन्जिनियरलाई देखाइयो उसले कम्तीमा ४ लाख लाग्ने सुझाव दियो । तर कविलाई मनले मानेन उनी आफै बस्ने ठाउँ निर्माण गर्न लागि परे हातमा सिप भएको कारण उनले ४ हजारको बास किनेर ल्याए, छानो छोप्नको लागी पलाष्टिक र खर किने र अन्ततः आफै तयार गरे ४ लाख अनुमान गरिएको वासस्थान ५० हजार भन्दा कम खर्चमा ।

अहिले कविले २ रोपनीबाट बढाएर ५ रोपनी जग्गामा भाडामा लिएका छन् , उनको १ हात जमिन पनि बाझो छैन, उनको उद्देश्य नै कसरी हुन्छ जमिनको भरपुर प्रयोग गर्ने भन्ने छ। बिचमा अनेकौँ समस्या भोग्दा पनि कविको खेती गर्ने चाहाना भने मर्न पाएन । उनले तुसारापात हुनै आटेको आफ्नो सपनामा फेरि मलजलको यात्रा सुरु गर्न पाएका छन् । अहिले काठमाडौँमा कविसँगै उनको श्रीमती एक छोरा र एक छोरी बस्दै आएका छन् । कविका श्रीमती दिनभर तरकारी बेच्न जान्छिन् कविका छोरा कोरियन भाषा पास गरेर बसेका छन् । बाकी रहेको ऋण सल्टियो भने छोरालाई विदेश राखिराख्न कविको मन छैन, छोरीले काठमाडौँकै एक स्कुलमा कक्षा ९ मा पढिरहेकी छिन् ।

कवि बिहान ४ बजे उठिसक्छन् , बिहानै उठेर करिब आधा घण्टा उनी हिँड्न जान्छन् , हिँडेर घर फर्किदा समेत खासै छिमेकीहरू ब्यूझेका हुँदैनन् । उनी घर फर्केर मात्रै खेतीपातीको काममा लागि हाल्छन् , उनलाई माटो छुँदा आनन्द लाग्छ, आफूले मेहनत गरेको तरकारी बढेको, सप्रिएको देख्दा आनन्द महशुस हुन्छ ।

काठमाडौँको अन्य किसान र कविले गर्ने खेती प्रणाली फरक शैलीको छ । कविको टनेल हाउसमा १२ महिना नै तरकारी हुन्छ । उनी फरक फरक महिनाको अन्तर पारेर सागपात लगाउँछन् एउटा सकिने बेला अर्को बजार पठाउन ठिक्क हुने गरी हुर्किन्छन् । त्यसबाहेक कविले ‘मल्चिङ्ग प्रविधि’ को प्रयोग गरेर एउटा ड्याङ्गमा एक प्रकारको मात्रै तरकारी लगाउँदैनन् बरु दुई तीन प्रकारका तरकारी एकै ड्याङ्गमा एकै पटक उत्पादन गरिरहेका छन् ।

यसो गर्दा तरकारी उत्पादन समेत राम्रो हुने र कीटाणु समेत धेरै लाग्न नपाउने उनको भनाई छ । तरकारी उत्पादन बाटै कविले वार्षिक १५, १८ लाख कमाउन सकिने बत्ताउँछन् । यस वर्षको तिहारमा मात्रै कविले ५० हजार बढीको फूल बेचेका छन् । उनले फूल बेचेकै पैसाबाट घरमा मलको लागि एक आमा नानी गाई खरिद गरेका छन् । नुन र तेल बाहेक तरकारीजन्य कुरा बजारबाट किन्न नपरेको कविको भनाई छ ।

विभिन्न प्रकारको तरकारी, गाई पालन मात्रै हैन कविले आफ्नो लागी र सामान्य बिक्री वितरणका लागि कुखुरा समेत पालेका छन् । एउटै कुखुरा ७ देखि ८ केजीसम्मको हुने गरेको उनको भनाई छ। कविलाई अब दैलेख, सुर्खेत फर्किन मन छैन, दैलेखदेखि सुर्खेतसम्मको यात्रामा उनले अनेकौँ हन्डर खाएका छन् , त्यो बिचमा उनले नेपाल उद्योग वाणिज्य संघ हुँदै महासंघसम्मै क्रियाशील भएर काम गरे । बैंकलाई ऋणकै लागि गुर्हान जाँदा व्यक्ति खुशी पार्न पहिले छुट्टै प्रसाद बोकेर जानुपर्ने कयौँ बेथिति कविको आखाले देखेको छ । राज्यले देशभित्रै केही गर्छु भनेर सपना बोकेका मान्छेहरूलाई अनेकौँ फण्डामा पारेर निरुत्साहित पार्ने गरेको भोगाई कविसँग छ ।

''दैलेखदेखि सुर्खेसम्म आउँदा उनले एउटा सपनालाई बिस्तारै आकार दिँदै आएका थिए । सुर्खेत आसपासमा उत्पादन हुने बेसार जापानको बजारमा पुर्‍याउने । त्यो सपना उनको आजसम्मपनी मरेको छैन , उनी भन्छन् पैसा कमाउने मेरो उद्देश्य हैन, पैसाकै लागि दौडिन्थे भने लोकसेवादेखि लाहुरेसम्मको जागिर किन छोडेर हिन्नुपथ्र्यो र म बाचेको दिनसम्म जापानको कुनै शहरमा सुर्खेतको बेसार पुर्‍याउन पाए भने मेरो मृत्युको अर्थ हुनेछ । म चिन्ता विहीन भएर मर्ने छु र त्यो सपना पुरा गर्न म प्रत्ययनशील नै छु ।''

कविराजको टनेल हाउसभित्र बजारमा बिक्रीहुने सिजनदेखि अपसिजनसम्मका लगभग सबै तरकारी उत्पादन भएको छ । सागपात, बन्डा, काउली,प्याजदेखि च्याउ, टमाटर मूला लगायतका तरकारीजन्य कुरा उत्पादन गर्दै आएको उनले उचित बजार व्यवस्थापन नहुँदा नेपाली उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । तरकारी दैनिक उपभोग्य चिज हो, यो आज बिक्री भएन भने भोली फेरि त्यहीँ बेच्न सकिँदैन तर यहाँको महानगर वा समग्र राज्यको ध्यान नपुग्दा हामी मर्कामा परेका छौ, उचित किसिमको व्यवस्था हुने हो भने कृषि क्रान्तिले देशको मुहार फेर्नेमा दुई मत छैन । कविराजले भने ।

दैनिक रुपमा सम्पूर्ण खर्च कटाएर ३० देखि ५० लाख हजार आम्दानी बचाउन सकिने उनको भनाई छ । त्यसको लागि मेहनत आवश्यक रहेको कविराजको भनाई छ । थोक व्यवहार व्यवस्थित हुन नसक्दा कृषक निराशामा रहेको उनको भनाई छ । म आफै मिनी डोजर हो भन्ने लाग्छ मेहनतको हिसाबले , विगततिर म फर्किएर फेरि निराशामा जिन्दगी बाच्न चाहन्न , राज्यले मेरो उद्देश्य राज्यले नबुझेकै कारण मैले आर्थिक क्षतिको भार बोकिरहेको छु , कम्तीमा हामीजस्तै लाखौँ किसानलाई झन्जत रहित ढङ्गले राज्यले प्रोत्साहन गर्दै कृषि क्रान्तिमा सामेल बनाउने हो भने देश र जनताकै मुहार फेरिन्छ भन्नेमा म प्रस्ट छु । कविराजले भने ।

यो समाचार शेयर गर्नुहोस्
788SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?