National life

तिहार नजिकिएसँगै माटोका पाला बनाउन व्यस्त छन् भक्तपुरका कुमाल जाति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ कात्तिक २०८१, आइतबार
820Shares
तिहार नजिकिएसँगै माटोका पाला बनाउन व्यस्त छन् भक्तपुरका कुमाल जाति
ncell

काठमाडौँ । हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहार आउन केही दिन मात्र बाँकी रहँदा दीपावलीमा झ्याल तथा ढोकामा प्रयोग गरिने माटाका पाला बनाउन यति बेला भक्तपुरमा कुमाल जातिलाई भ्याइनभ्याइ छ ।

खास गरी तिहार सुरु भएसँगै भक्तपुरको पोटरी स्क्वाएरका कुमालेहरूले माटोका पाला मात्र नभई कलश, धुपौरो आदि बनाउनमा व्यस्त हुने गर्दछन् ।

उपत्यका तथा उपत्यका बाहिरका बासिन्दाहरूका लागि भक्तपुरमा बनाइएको पाला निकै परिचित रहेको छ । प्रायः जगाती, सिपाडोल, हरिसिद्धिबाट माटो ल्याइ माटोको पाला बनाइ बिक्री गरिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दीपावलीको अवसरमा मैन बाल्ने प्रचलन व्यापक भए पनि केही वर्ष यता भने माटोको पालामा बत्ती बाल्ने प्रचलन बढेको छ ।

सुरक्षाको दृष्टिकोणले समेत यो पाला उत्तम मानिने धेरैको भनाइ छ । तिहारमा मात्र एक जनाले राम्रोसँग पाला बनाएर बेच्नेले ५०–६० हजार सम्म कमाउने गरेको ब्यवसायीहरुको अनुभव छ । भक्तपुरको पोटरी स्क्वायरमा माटोको दियो बनाउँदै गरेको अवस्थामा भेटिएका दयाराम प्रजापतिसँग माटोको काम गरेको करिब १५ वर्षको अनुभव छ । आफ्ना बाबुबाजेले माटोका भाँडा बनाएको देखेर पनि सानै उमेरदेखि पाला बनाउन थालेको उहाँको भनाइ छ ।

‘यो त हाम्रो पुर्ख्यौली पेसा हो । मैले मात्रै यो काम गर्न थालेका करिब १५ वर्ष भयो ।’उनले आर्थिक भ्वाइससँगको कुराकानीको क्रममा भने ।

उनका अनुसार एउटा ठुलो दियोको २० रुपैयाँ, सानो पालाहरू प्रति पाला ३ रुपैयाँमा बिक्री हुने गर्दछ । पाला मात्र नभई माटोका कलश, गाग्री तथा खुत्रुके आदी समेत बनाउने प्रजापतिको करिब १५ वर्षको अनुभवमा भने व्यापारमा केही फरक छैन । उनी भन्छन्, ‘जहिले नि यस्तै जति काम गर्न सक्यो उति नै व्यापार हुन्छ । तर दसैँ तिहारको वेलामा भने अलि बढी चटारो पर्ने गर्छ । अलिकति समस्या भनेको हामीलाई माटोको पर्छ ।’

तर पोटरी स्क्वायरमै माटोका भाडाको व्यापार गर्ने कतिपय व्यापारीहरू भने पहिला भन्दा केही वर्षयता भने पाला लगायत माटोको भाडाहरूको व्यापार केही घटेको बत्ताउँछन् । करिब २० वर्षदेखि भक्तपुरको पोटरी स्क्वायरमा माटोका भाँडाहरूका साथै पाला, कलश बेच्दै आएका बालकृष्ण प्रधानले आर्थिक भ्वाइससँगको कुराकानीका क्रममा भने, ‘पहिला पहिलाको भन्दा त व्यापार छैन भने नि हुन्छ । यो आर्थिक मन्दीको कारणले गर्दा हो की सजिलोको लागि विद्युतीय समानको प्रयोग बढेर हो, १–२ वर्षयता त खासै व्यापार नै छैन ।’

तर पनि संस्कृति बचाउ भन्ने सोचाई भएका मानिस भने अझै पनि पालाहरू नै खोज्दै आउने गरेको उनको भनाई छ । प्रतीक प्रजापति पनि भक्तपुरको पोटरी स्क्वायरमा आफ्नो बाल्यकालदेखि नै माटोको भाडाको काम गर्दै आएका छन् ।आर्थिक भ्वाइसको टोली पुग्दा आमासँगै बसेर माटो मुछ्दै गरेका प्रजापतिले हामीसँग भने, आमाबाबाहरुले नि यहीँ काम गर्नुहुन्थ्यो, अनि मैले नि गर्न थालेको हुँ । ममी बाबाले नै यो काम गर्न थाल्नुभएको करिब ३० वर्ष भयो ।’ माटो किनेर पाला बनाउने प्रजापतिले तिहार सुरु हुनुभन्दा पहिले नै करिब ३० हजार बराबरको व्यापार गरिसकेको सुनाए ।

यो समाचार शेयर गर्नुहोस्
820SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?