National life

दशैं अगाडि नै सुनको मूल्य डेढ लाख कट्ने निश्चित छ : महासंघ अध्यक्ष शाक्य

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ जेठ २०८१, मङ्गलबार
835Shares
दशैं अगाडि नै सुनको मूल्य डेढ लाख कट्ने निश्चित छ : महासंघ अध्यक्ष शाक्य
ncell

काठमाडौँ । नेपाली बजारमा पहेँलो धातु अर्थात् सुनको मूल्यले केही दिन यता एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेको छ। आज घरेलु बजारमा सुनको मूल्यले इतिहासकै नयाँ रेकर्ड कायम गरेको छ।

सुनको मूल्य २०८० वैशाख २१ सम्म आइपुग्दा तोलामा १३ हजार दुई सय रुपैयाँले वृद्धि भएर १ लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार हुन पुगेको थियो । तर जेष्ठ महिनाको करिब अन्तिम अन्तिम समयमा आइपुग्दा सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार भन्दा बढी मूल्य कायम हुँदै नयाँ कीर्तिमानी  रचेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पछिल्लो केही वर्षदेखि निरन्तर उकालो लागेको सुनको मूल्य आगामी दिनमा थप बढेर जाने आधार खडा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिक रत्न शाक्यको भनाई छ । उनले हाल सुनको मूल्य बढ्नुको जे-जति कारण छन् त्यो तत्काल समाधान हुने अवस्थामा नदेखिएको कारण मूल्यले थप उचाइ दिने बताए  ।

आर्थिक भ्वाईससँग कुराकानी गर्दै अध्यक्ष शाक्यले हालको परिस्थिति र अन्तर्राष्ट्रिय बजारको अवस्थालाई हेर्दा ८१ सालको दशै अगाडि नै सुनको कारोबार प्रतितोला डेढ लाख माथि पुग्ने निश्चित रहेको दाबी गरेका छन् । शाक्य भन्छन् 'अहिले नेपालमा सुनको मूल्यमा जुन उचाइ कायम भएको छ त्यो सबै कारण अन्ताराष्ट्रिय कारणको प्रभाव हो' त्यो कारणहरू तत्काल समाधान हुने प्रकृतिको पनि देखिँदैन यस कारण पनि सुनको मूल्यमा गिरावट आउन सक्छ भन्ने आधार देखिदैन् ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सुन आयातको कोटा प्रतिदिन २० किलोबाट १० किलोमा ०७८ फागुनबाट घटाएको थियो । अहिले फेरि नेपाल राष्ट्र बैंकले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ । तर व्यवसायीले भने सरकाले सुनमा लगाएको सिन्डिकेट तत्काल खारेजको माग गर्दै सडक आन्दोलन गरेका छन् ।

सुनचाँदी व्यवसायीले कालिगडमैत्री नीति निर्देशिका लागु गर्न माग गर्दे सडक आन्दोलन गरेका छन् । यता महासंघले भने यो क्षेत्रलाई राज्यले अपमान गरेको बताएका छन् । करको निर्धारण गर्नु पूर्व नै सरकारले सम्बन्धित निकायसँग बसेर छलफल गर्नुपर्नेमा मनोमानी गर्दै करको दर निर्धारण गरेको उनको आरोप छ ।

बजारमा जति कारोबार बढ्यो त्यति नै मात्रामा कर बढ्ने हो तर सरकारको आखाले कर देख्यो कारोबार देखेन

हाल बजार निकै साँघुरिएको छ , कारोबार उस्तै खस्किँदो छ कति त यो क्षेत्रबाटै पलायन हुने अवस्थामा पुगेका छन् अध्यक्ष शाक्यले दुखेसो सुनाए । व्यवसायी सडकमा पुग्नुपर्ने अवस्था सामान्य हैन , यो निकै दुखद विषय हो । उनले आफ्नो भनाइमा थप स्पष्ट पारे ।

नेपाल राष्ट्र बैंकले जारी गरेको पुस मसान्तसम्मको विवरण हेर्ने हो भने सुन आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ६० प्रतिशतले गिरावट आएको छ ।

 किन बढिरहेको छ सुन ?

सामान्यतया सुनसँग रहर मात्रै जडिएको हुँदैन यसलाई लगानीको भरपर्दो माध्यमको रूपमा समेत लिने गरिन्छ ।  यसको मूल्य निरन्तर उकालो लाग्नुमा कोरोना महामारी र रुस, युक्रेनको युद्ध मुख्य रहेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्यको भनाई छ ।

अहिले सुनको मूल्य बढ्नुको कारण मध्यको एक चीनले तीव्र रूपमा सुनको माग गरेका कारण भएको अध्यक्ष शाक्यको भनाई छ । त्यस्तै, सुनको मूल्य अमेरिकी डलरको भाउसँग पनि सम्बन्धित रहँदै आएको देखिन्छ । यसले गर्दा विश्वमा अमेरिकी डलर कमजोर हुँदै गएको कारण पनि सुनको मूल्यमा वृद्धि हुँदै गएको शाक्यले बताए ।

सुनलाई दीर्घकालीन मूल्यको भण्डार आर्थिक र अन्तर्राष्ट्रिय उथलपुथलको समयमा पनि सुरक्षित रहने हुनाले यसको महत्त्व थप बढेको र अहिले इजरायल र हमासको युद्धका कारण पनि सुनको मूल्यमा थप वृद्धि भएको शाक्यको भनाई छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर सुनको मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारलाई ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर यहाँ मूल्य निर्धारण गर्ने गरिएको छ ।

त्यसमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतार चढावसँगै नेपालमा पनि मूल्य बढाइन्छ । तर महासंघले तोकेको मूल्यमा सर्वसाधारणले सुन पाउँदैनन् । सर्वसाधारणले सुन किन्दा व्यवसायीले जर्ती, ज्याला, मुनाफालगायत शीर्षकमा अतिरिक्त शुल्क लिने गरेका छन् । त्यसैले पनि सर्वसाधारण महँगो मूल्यको भारमा पर्ने गरेको शाक्यको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
835SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?