National life

सरकारले निर्माण व्यवसायीको पैसा दिन सकिँदैन भनेर उम्कन मिल्दैन : अध्यक्ष सिंह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ साउन २०८०, आइतबार
1.1kShares
सरकारले निर्माण व्यवसायीको पैसा दिन सकिँदैन भनेर उम्कन मिल्दैन : अध्यक्ष सिंह
ncell

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले निर्माण व्यवसायीको पैसा दिन सकिँदैन भनेर उम्कन नमिल्ने बताएका छन् । उनले सरकारले ऋण लिएर भए पनि निर्माण व्यवसायीको पैसा दिनु पर्ने बताएका हुन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीहरुलाई सरकारले तत्काल भुक्तानी दिन नसक्ने अभिव्यक्ति दिएपछि अध्यक्ष सिंहले यस्ताे बताएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले निर्माण कार्य सकेका आयोजनाको सरकारबाट पाउनु पर्ने भुक्तानी तत्काल व्यवस्था गर्नु पर्ने बताए । सरकारले ऋण उठाएर, अनुदान मागेर, वैदेशिक ऋण लिएर भए पनि निर्माण व्यवसायीहरुले पाउनु पर्ने भुक्तानीको सुनिश्चिता गर्नु पर्ने बताए ।

त्यस्तै अध्यक्ष सिंहले अर्थमन्त्रीले निर्माण व्यवसायीहरुलाई निर्माण कार्य सम्पन्न भएर पाउनु पर्ने भुक्तानी पाउने तालिका बनाएर भए पनि विश्वास दिलाउनु पर्ने बताए ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?