National life

दैनिक रेकर्ड तोडिरहेको सुनको मूल्य: सुस्ताउँदै कारोबार, २ लाख कट्ने निश्चित छ: अध्यक्ष रसाइली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ चैत २०८१, बुधबार
1.3kShares
दैनिक रेकर्ड तोडिरहेको सुनको मूल्य: सुस्ताउँदै कारोबार, २ लाख कट्ने निश्चित छ: अध्यक्ष रसाइली
ncell

काठमाडौँ । पछिल्लो केही कारोबारका दिन सुनचाँदीको मूल्यमा दैनिक रूपमा वृद्धि भइरहेको छ । चैत्र ६ गते सुनको मूल्य आजसम्मकै उच्च बिन्दुमा कारोबार भएको छ । उक्त दिन  सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

सुनको मूल्यमा दैनिक रूपमा वृद्धि हुँदै आए पनि कारोबार बढ्न नसक्दा भने व्यवसायी निराश भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुनको बढ्दो मूल्य, घरेलु बजारको अवस्था र सुनको खपतको स्थितिबारे आर्थिक भ्वाइसकर्मी जसिन्द्र श्रीपालीले नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश

पहिलो कुरा त सुनको मूल्य यतिमा रोकिने अवस्था छैन । किनकि अमेरिकी राष्ट्रपति ट्रम्पको कर नीति, रुस–युक्रेनको अस्थिर वार्ता र गाजामा बल्झिएको इजरायल–हमास युद्धलगायत विभिन्न कारणले आन्तरिक र बाह्य बजारमा सुनको मूल्य बढेको हो ।

राष्ट्रपति ट्रम्पले जब भन्सारको विषय अगाडि ल्याए र क्यानडाको लागी २५ प्रतिशत भन्सार दर नै वृद्धि गर्नुको साथै रुसले युद्ध विराम गर्ने कुनै संकेत नै देखाएन यी सबैको प्रभाव सुनचाँदीको बजारमा प्रत्यक्ष रूपमा पर्न गएको छ । यसकारण पनि सुनको बढ्दो मूल्य तत्काल समाधान हुने स्थितिमा छैन ।

त्यसबाहेक अहिले बैंकहरुले सुनको खरिद गरेर भण्डार गर्न थालेको अवस्था छ । उदाहरणकै रूपमा हेर्ने हो भने अमेरिकाले लन्डनबाट सुन किनेर भण्डार गरिरहेको स्थिति छ, अन्य देशपनि त्यतातिर उन्मुख भएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको केही हप्ता अगाडि सार्वजनिक रूपमा कर बढाउने विषयमा दिएको अभिव्यक्तिले विश्व तरङ्गित भएको छ । यसकारण  धेरैजसो देशको केन्द्रीय बैंकले सुनको भण्डारमा जोड दिन थाले फलस्वरूप यसको मूल्य एकैपटक हाई बिन्दुमा पुग्न गयो ।  अन्तर्राष्ट्रिय विविध कारण हेर्दा सुनको मूल्य अझै बढ्न सक्ने प्रस्ट देखिन्छ ।

सुनको लगानी सुरक्षित मानिन्छ । यसकारण सबैको लगानी सुनमा हुन थाल्यो हाल सबैको लगानी सुनको हुन थालेपछि अमेरिकामा भन्सार बढ्न गयो र अहिले पनि अमेरिकामा सुन भण्डार गर्ने काम भएको छ । यी सबैसबै कारण सुनको मूल्य हाई बिन्दुमा गएको हो र अझै माथि जाने कुरामा दुई मत देखिदैन् ।

सुनको आयात र नेपाली बजारको अवस्था

अहिले सुन आयातमा १० प्रतिशत भन्सार कर लाग्छ । चालु आर्थिक वर्षको बजेट भाषणमा भन्सार दर ५ प्रतिशत बढाएर २० प्रतिशत बनाइएको थियो । भन्सार दर बढेपछि तस्करी मौलाएको भन्दै सरकारले गत मंसिरमा फेरि घटाएर भारतकै सरह बनाएको अवस्था छ।

भन्सार दर ५० प्रतिशत घटाएसँगै मंसिर १० मा एकै दिन प्रतितोला सुनको मूल्य १५ हजार ९ सय रुपैयाँ सस्तो भएको थियो । त्यसपछि बैंकले प्रिमियम चार्ज बढाउँदा सुनको मूल्य बढेको थियो ।"

'महासंघले सुन बिक्री वितरण कार्यविधि/निर्देशिका २०६८’ अनुसार मूल्य निर्धारण गर्ने गरेको छ । कार्यविधिअनुसार आयातकर्ता (बैंकहरू) ले ०.५ र व्यवसायीले ०.५ प्रतिशत मुनाफा लिन पाउँछन्। त्यसपछि मूल्यमा प्रिमियम चार्ज (फ्रेड चार्ज, बिमा) का रूपमा करिब ०.५ प्रतिशत जोडिन्छ ।

मुख्यतः अन्तर्राष्ट्रिय बजारको मूल्य र विनिमय दरका आधारमा पनि मूल्य निर्धारण गरिन्छ । प्रिमियम चार्जमा ०.५ प्रतिशत दिइन्थ्यो । खर्च घटेपछि प्रिमियम चार्ज पनि घटेर ०.३ प्रतिशत पुगेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन आएपछि खर्च फेरि बढेकाले फागुन १३ मा नयाँ सुन आयातमा बैंकले प्रिमियम चार्ज बढाएर ०.१० प्रतिशत पुर्‍याएको छ । त्यसयता फेरि सुनको मूल्य बढ्न थालेको हो ।

तर सुनको भाउ र घरेलु बजारको स्थिति तुलना गर्दा निकै दुख लाग्दो र फराकिलो अन्तर छ । यहाँले भनेझैँ सुनको मूल्य र नेपाली बजारमा खपतको अवस्था हेर्दा डरलाग्दो स्थिति छ । व्यवसायी दैनिक रूपमा पलायन हुने डर बढेको छ ।

पहिलो विषय फागुन चैत्र महिना आफैमा अपसिजनको समय हो , यी महिनाको घरेलु बजारमा त्यति विधि सुनचाँदीको कारोबार हुदैन् । तर फागुनको अन्तिमसम्म लगातार स्टकमा रहेको सबैजसो सुन उठेको अवस्था थियो । महासंघको सिफारिसमा जाने मध्येमा ३५ किलो सुन अझै पनि बैंकमा स्टक छ । हाल बैंकमा टोटल १६० किलो हाराहारीमा सुन भएकोमा अरुसंघ बाहेक नेपाल सुनचाँदी व्यवसायी महासंघको मात्रै ३५ किलो स्टक छ यसलाई जसरी पनि उठाउनुपर्ने भन्दै हामीले व्यवसायीहरूलाई पत्राचार समेत गरेका छौ तर बजारका कारोबार सुस्त हुँदा स्टक सुन सप्लाइ हुन सक्दैन कि भन्ने खसखस हामीमा पनि बाकी छ ।

हाल बजारमा किन्नेहरूको भन्दा पनि बेच्नेहरूको भिड बढी छ । पुरानो सुन बेच्ने र पुरानै मर्मत गरेर लाउने बढी देखिन्छन् यसले गर्दा स्टक सुन कटौती हुन सकेको अवस्था छैन । त्यस्तै, सुनको भाउ बढ्नेक्रमलाई हेर्दा २०२५ मा ३ हजार डलर वा नेपाली रुपैयाँमा अनुसार प्रतितोला २ लाख रुपैयाँ कट्ने अवस्था देखिन्छ । यसरी मूल्य बढी रहने तर खपतको अवस्था कम हुने भएको कारण व्ययसायीहरु निराश बन्दै गइरहेको देखिन्छ ।

बजारमा जति सुनको खपत हुन्छ त्यति नै कारोबार चलायमान हुने हो तर नेपाली बजारको हकमा अहिले २,३ वटा कारणले बजार चलेको छ । पहिलो भनेको विदेशबाट आउने मान्छेको पैसाको कारण, दोस्रो एक व्यापारी र अर्को व्यापारी बिचको कारोबार र तेस्रो उपभोक्ताको कारण तर यी मध्ये सबै क्षेत्रको अवस्था निराशाजनक अवस्थामा पुगेको छ । आर्थिक मन्दीको कारण सुनचाँदीको बजार निकै साँघुरिएको छ यसले व्यवसायी मात्रै निरुत्साहित बनाएको छैन । समग्र अर्थतन्त्र नै प्रभावित बनाएको छ।

हाल राष्ट्रबैंकको नियम अनुसार दैनिक रूपमा २० केजी सुन ल्याउन पाउने व्यवस्था छ तर बैंकहरुलाई अब केही समय सुन नल्याउनुस् भन्ने अवस्थामा हामी पुगेका छौ । यस अर्थमा सुनको बजार कति साँगुरो बन्दै छ भन्ने प्रस्ट हुन्छ । हाल स्टक भएको सुनलाई चलायमान गरेर मात्रै नयाँ ल्याउन पाए हुने भन्ने अवस्थामा महासंघ पुगेको छ , किनकि सुनको आयात मात्रै थुपारेर के गर्ने जब खपत नै नभएपछि आर्थिक मन्दीको कारोबार  क्रेताले सुन खरिद गर्ने अवस्था पनि छैन । अहिले सबैले आर्थिक मन्दीको सामना गरिरहेको अवस्था बजारले देखाएको छ ।

सुन किन्ने मान्छेहरू सुन घट्छ कि भन्ने आसमा बसेको देखिन्छ । मलाई लाग्छ वैशाख पछि यो अवस्थामा सुधार आउने छ र खपतमा केही मात्रामा भए पनि सुधार आउने विश्वास राख्न सकिन्छ । सिजनको समयमा कम्तीमा ४० केजी सुन उपलब्ध बनाऊ भनेर हामीले राज्यलाई भनिरहेका छौ । व्यवसायीको आवश्यकतालाई हेरेर सिजनमा बढाउने र अपसिजनमा घटाउने गरिदिए राम्रो हुने थियो । हामी एउटा सिलिङ बनाएर काम गर्न इच्छुक छौ । आवश्यकता अनुसार बढाउने र बजारमा खपत कम हुँदा घटाउनेगरि राज्यले सोचिदिने हो भने व्यवसायीलाई पनि उत्साह थपिने थियो र अर्थतन्त्रमा समेत सुधार आउने निश्चित देखिन्छ ।

हाल सुनको निश्चित मापदण्ड भएको कारण बेसिजनमा थुप्रिने र सिजनमा अपुग हुने अवस्था देखिएको छ । यसले हाम्रो बजारलाई साँघुरो पार्ने र व्यवसायीलाई निरुत्साहित पार्ने काम गरेको छ , यो समस्याले घरेलु बजारमा सुनचाँदी बजारमा दीर्घकालीन समस्या पार्ने देखिन्छ यसकारण राज्यले यो समस्यालाई गम्भीर रूपमा हेर्नुपर्छ भन्ने मेरो धारणा हो ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?