National life

साताभरमा साढे १३ हजार रुपैयाँले सस्तियो सुनको मूल्य

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१४ चैत २०८२, शनिबार
1.1kShares
साताभरमा साढे १३ हजार रुपैयाँले सस्तियो सुनको मूल्य
ncell

काठमाडौं ।  नेपाली बजारमा एक साताको अवधिमा सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताभरिमा सुनको मूल्य प्रतितोला १३ हजार ५०० रुपैयाँले घटेको हो।

गत चैत ६ गते शुक्रबार प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन, एक सातामै घट्दै चैत १३ गते शुक्रबार २ लाख ८१ हजार रुपैयाँमा झरेको छ।

साताभरको मूल्य प्रवृत्ति हेर्दा अधिकांश दिन सुनको मूल्य ओरालो लागेको देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चैत ८ गते आइतबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको सुन, चैत ९ गते सोमबार सामान्य वृद्धि भई २ लाख ८२ हजार ५०० रुपैयाँ पुगेको थियो। तर, त्यसपछि मंगलबार (चैत १०) उल्लेख्य गिरावट आएर मूल्य २ लाख ७३ हजार ९०० रुपैयाँमा झरेको थियो।

बुधबार (चैत ११) भने बजारमा केही सुधार देखिँदै सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको थियो। तर उक्त वृद्धि दीर्घकालीन बन्न सकेन। बिहीबार (चैत १२) पुनः २ हजार ९०० रुपैयाँले घटेर २ लाख ८५ हजार ६०० रुपैयाँमा झर्यो। अन्ततः साताको अन्तिम दिन शुक्रबार (चैत १३) पुनः घट्दै सुन २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको हो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?