नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज स्थापना गर्न प्रक्रिया अगाडी बढाएसँगै नेपालमा दोस्रो स्टक एक्सचेन्जको आवश्यकता र औचित्यमाथि निरन्तर रूपमा बहस हुँदै आइरहेको छ ।
एक थरीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई नै थप चुस्त दुरुस्त बनाउनुपर्नेमा जोड दिइरहेका छन् भने अर्को थरीले दोस्रो नयाँ स्टक एक्सचेन्ज स्थापना गर्न आवश्यक रहेको तर्क गरिरहेका छन्।
नियामक निकाय धितोपत्र बोर्डले लामो समयदेखि नेपालमा थप स्टक एक्सचेन्ज आवश्यक रहेको बताउँदै आएको छ । अहिले नयाँ स्टक एक्सचेन्ज खुल्ने गरी भएको संशोधनलाई धेरैले नियामकले निश्चित व्यापारिक घरानालाई लाइसेन्स दिन र सरकारले यसबाट चुनाव खर्च उठाउन तत्काल नियमावली संशोधन गरेको आरोप लगाएका छन् । आवेदन आह्वान गरेपछि प्रक्रिया रद्द गरिएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिनको लागि ठुलो चलखेल हुन लागेको भन्दै बिभिन्न राजनीतिक दलले कडा रुपमा आवाज उठाएसँगै हाल लाइसेन्स दिने सम्पूर्ण प्रक्रिया तत्काललाई रोकिएको छ।
अहिले नेपाल स्टक एक्सचेन्जमा २८० भन्दा बढी कम्पनी सूचीकृत छन् त्यसमध्येमा औसतमा १५० कम्पनीले सक्रिय रूपमा कारोबार गरिरहेका छन् । यस्तो अवस्थामा नयाँ स्टक एक्सचेन्जको आवश्यकता किन र के का लागि भनेर आर्थिक भ्वाईसकर्मी जसिन्द्र श्रीपालीले शेयर विश्लेषक एवम् शेयर लगानीकर्ता महासंघका अध्यक्ष छोटेलाल रौनीयारलाई सोधेका छन् ।
अध्यक्ष छोटेलाल रौनीयारको जवाफ
पहिलो विषय त नयाँ स्टक किन चाहिन्छ भनेर प्रस्ट हुन आवश्यक छ । वास्तवमा नयाँ चाहिने भनेकै भैरेकोबाट पर्याप्त उपलब्धि नभएर वा त्यसले ठिक परिणाम दिन नसकेर हो । नयाँ स्टकको आवश्यकता महसुस भएको आज मात्रै हैन यो त रेवत बहादुर कार्कीको पालादेखि नै उठेको विषय हो ।
हामी सबैलाई त्यही समयदेखि नै महसुस भएको विषय थियो यस विषयमा हामी मात्रै बोलेनौ कार्की पश्चात् भीष्म ढुंगाना हुँदै चन्द्रसिंह साउदसम्मले नयाँ स्टकको आवश्यकताबारे केही सञ्चारमाध्यममा अन्तर्वार्ता नै दिनुभएको थियो त्यसकारण यो आज मात्रै उठेको सवाल हो भन्ने बुझ्नु हुँदैन ।
अर्को प्रदान विषय किन चाहियो भन्ने प्रश्न छ यसलाई गहिरोसँग बुझ्न आवश्यक रहेको छ । हामीसँग भएको हाल एउटा नेपाल स्टक एक्सचेन्ज हो , यसले कति काम गरेको छ। र कस्तो काम गरेको छ भन्ने विषय सबैलाई प्रस्ट जानकारी भएको विषय हो । कहिले अनलाइन नचल्ने , कहिले टिमएस नचल्ने र साइडहरूमा बारम्बार समस्या आउने , आवश्यकता परेको समयमा फोन नउठ्ने र एक रुपैयाँ शेयर पब्लिकको नभएर उनीहरू आफ्नै आसपासका मान्छेले शेयर खाइरहेको बारेमा मैले मात्रै हैन हामी सबैले देखेको भोगेको साझा समस्या हो ।
सरकारी काम कहिले जाला घामको अवस्था दोहोराई रहेको नेपाल स्टक एक्सचेन्जले खाए खा नत्र घिच को व्यवहार गरेको छ । हाम्रो गुनासो उहाँहरूको निमित्त केही जस्तो लाग्दैन। कुनै दिन फरक कार्यशैली देख्न पाइएको छैन । नेपाल स्टक एक्सचेन्जलाई आफू सिंह भएको घमण्ड छ उसको प्रतिस्पर्धामा कोही नभएको कारण वा नआएकै कारण आफूले जे गरे नि हुन्छ भन्ने ढङ्गले मनोमानी चलाई रहेको छ जुन हाम्रो अर्थतन्त्रको लागी दुखद र आपत्तिको विषय हो ।
नेपाल स्टक एक्सचेन्जको दादागिरी, मनोमानी सुधार गर्नका लागि पनि नयाँ आवश्यक छ । अहिले हाम्रो किनबेच र लगानीको सुरक्षा छैन, हामी के किनबेच गर्दै छौ त्यो अरूले हेर्न मिलिरहेको छ , यो आर्थिक जगतको निमित्त क्राईम हो तर नेप्सेकै अन्डरमा यो निरन्तर भइरहेको छ ।
नेपाल स्टक एक्सचेन्जलाई आफू सिंह भएको घमण्ड छ उसको प्रतिस्पर्धामा कोही नभएको कारण वा नआएकै कारण आफूले जे गरे नि हुन्छ भन्ने ढङ्गले मनोमानी चलाई रहेको छ
यहाँ मैलै एनसेलको विज्ञापन गरेर एनटिसीको अपमान गरेको हैन मेरो आशय हो कुनै पनि कुरामा प्रतिस्पर्धा आवश्यक छ। घाटी काट्ने प्रतिस्पर्धा हुन भएन तर व्यवसायीका प्रतिस्पर्धा त भएको राम्रो हो नि यसले क्वालिटी प्रदान गर्छ , गुणस्तरीयता आउँछ । पुरानो नेप्से कामै नलाग्ने भयो भन्ने मेरो आशय होइन तर नेपाल स्टक एक्सचेन्जमा आज जुन जुन समस्या देखिएको छ नयाँ स्टक एक्सचेन्ज आउने बित्तिकै स्वतः त्यो समाधान भएर जान्छ ।
ढिलो चाँडो एउटा न एउटा प्राइभेट कम्पनीलाई दिनै पर्छ काहीँ नभएको जात्रा हाडी गाउँमा भने जस्तो हाम्रै नेपालमा भएको छ
पुरानै स्टक एक्सचेन्ज मात्रै हुनुपर्छ नयाँ स्टक एक्सचेन्ज ल्याउनुहदैन भन्ने त तिनीहरू नै हुन जसले आफूले खाइरहेको भाग खोजिन्छ भन्ने चिन्तामा छन्। आफ्नो मनपरी चल्न नपाइने कुरामा चिन्तामा छन् । ती विरोध गर्ने विरोधी को छन् भनेर सर्लक्क हे¥यो भने प्रस्ट चिन्न सकिन्छ कि पुरानो स्टक एक्सचेन्जबाट कुनै न कुनै हिसाबले केही न केही फाइदा उठाएका छन्। तिनीहरुमात्रै न हो विरोध गरेको लगानीकर्ता वा आम नागरिकको विरोध कहाँ छ र ? त्यो हुन सम्भव पनि छैन किनकि जुन कुरा आफ्नो फाइदाको निमित्त छ त्यसको विरुद्धमा विरोध कसरी हुन सक्छ ?
नेपाल स्टक एक्सचेन्जमा आज जुन जुन समस्या देखिएको छ नयाँ स्टक एक्सचेन्ज आउने बित्तिकै स्वतः त्यो समाधान भएर जान्छ ।
अर्थ मन्त्रालय र मन्त्रीमण्डलले समेत पास गरेको विषयलाई अब बिषायान्तर गर्नु हुँदैन ब्रोकर लाइसेन्सको लागि लगानीकर्ताबाटै करौडौ चलखेल गर्ने बेतिथिको अन्त्य हुनु जरुरी छ । ढिलो चाँडो एउटा न एउटा प्राइभेट कम्पनीलाई दिनै पर्छ काहीँ नभएको जात्रा हाडी गाउँमा भने जस्तो हाम्रै नेपालमा भएको छ यस्तो बेतिथिको अन्त्यको लागि लाग्न जरुरी छ। पैसाको चलखेल हुने ठाउँमा निगरानी गर्ने सम्बन्धित निकाय छ। पोलेसि राम्रो हुने बित्तिकै पुँजीबजार राम्रो हुन्छ । त्यसकारण नयाँ स्टक एक्सचेन्ज बिस्तारको निमित्त ढिला गर्नु हुँदैन ।
अहिले नेप्सेको विरोध भनेको एकाधिकार तोड्न नचाहने, प्रतिस्पर्धामा जान डराउने र सुधार्न नचाहने अनि राजनीति गरेर जागिर खाने पाराका मान्छे मात्रै हुनु ।


































