National life

सेयर बजारलाई स्वच्छ, पारदर्शी र स्थिर बनाउन नयाँ मूल्य निर्धारण प्रणालीले ढाडस दिन्छ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ चैत २०८१, शुक्रबार
816Shares
सेयर बजारलाई स्वच्छ, पारदर्शी र स्थिर बनाउन नयाँ मूल्य निर्धारण प्रणालीले ढाडस दिन्छ
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले चैत ७ (आज) गतेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण प्रणालीले सुरु गरेको छ ।  मंगलबार बसेको सञ्चालक समितिको बैठक अन्तिम मिनेटमा सेयर बजारमा हुने चलखेल रोक्नका लागि यो प्रणाली लागु भएको जनाएको छ ।

नेप्सेले अन्तिम १५ मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गर्ने व्यवस्था सुरु गरेको हो। यस अनुसार अब प्रत्येक दिन २ः४५ देखि ३ः०० बजेसम्म कायम भएको मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गर्ने व्यवस्था गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अगाडि ३ बजेभन्दा अगाडि भएको अन्तिम कारोबार मूल्यलाई नै ‘क्लोजिङ प्राइस’ मान्दै आएको थियो ।उसो त याँ मूल्य निर्धारण प्रणालीले के काम गर्छ किन लागु गरिएको हो ? यसले बजारमा पुर्‍याउने फाइदा के के हुन लगायतको जिज्ञासा आर्थिक भ्वाइसले लगानीकर्ता छोटेलाल रौनीयारलाई सोधेको छ । प्रस्तुत छ यस विषयमा रौनीयारको धारणा ।

हुन त नेप्सेले यसअघि नै यो प्रणाली तयार गरिसकेको थियो। तर, लागु भने गरेको थिएन । यो नेपालको हकमा नयाँ देखिएको हो छिमेकी देश भारत सहित अन्य देशमा यही प्रणाली लागु हुँदै आएको छ ।

नेपालको हकमा नयाँ भएको कारण केही दिन वा हप्ता नयाँ लाग्नु स्वाभाविक हो । यसले थप पारदर्शी, व्यवस्थित र स्थिर बनाउन मद्दत गर्नेमा म विश्वस्त छु । नयाँ व्यवस्था अनुसार अपराह्न २ः४५ देखि ३ः०० बजेसम्म कायम हुने भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने भएको छ र यो बनाउनका निमित्त हामीले पहिले नै माग पनि गरेको थियौ । यो सुखद सुरुवात भएको छ भन्ने मलाई लाग्छ ।

हाम्रो बजारमा अहिले पनि अन्तिम १०, १५ मिनेटको समयमा आएर चलखेल हुने, १०-२० कित्ता किनेर मूल्य बढाइने र घटाउने गरेको अवस्था कायमै छ । त्यसलाई यसले नियन्त्रण गर्नेमा सहयोग गर्छ । यो प्रणाली लगानीकर्ताले समेत पहिले नै चाहेको हो , यो स्वागत योग्य भएको छ ।

नयाँ प्रयोग भएको कारण सुरुमा यसको प्रभाव त्यति विधि नपर्न सक्छ लामो अभ्यास हुँदै आएको होइन बजारमा नयाँ प्रयोग भएको कारण केही समय नयाँ लाग्नु वा भिन्न लाग्नु स्वाभाविक विषय हो तर दीर्घकालीन रूपमा हेर्ने हो भने यो निकै राम्रो सुरुवात भएको मेरो बुझाई छ ।

बजारमा बदमासी गर्नेहरूले गलत प्रयोग गरेनन् भने सेयर बजारमा प्रायः अन्तिम समयमा आएर हुने मूल्यमा ठूलो अस्थिरता  र ठूला लगानीकर्ताले अत्यधिक कारोबार गरी मूल्यलाई अप्राकृतिक रूपमा वृद्धि वा गिरावट गराउने प्रवृत्ति को अन्त्य गर्न सहयोग गर्छ । यस्तो मूल्य हेरफेरलाई न्यून गर्दै बजारमा स्थिरता ल्याउनेमा यसको भूमिका विशेष हुन्छ भन्ने मलाई लागेको छ ।

त्यो सँगै भारित औसत मूल्यको अवधारणाले एकल कारोबारको भरमा मूल्य निर्धारण नहुने हुँदा बजारमा वास्तविक मूल्य निर्धारणको प्रक्रिया पारदर्शी बनाउने र यसले लगानीकर्ताले सही मूल्यमा सेयर खरिद–बिक्री गर्न सक्ने वातावरण सिर्जना गर्ने देखिन्छ ।

यसले अल्पकालीन अस्थिरतालाई रोक्न मात्र नभई दीर्घकालीन रूपमा सेयर बजारलाई स्वच्छ, पारदर्शी र स्थिर बनाउनेमा म आशावादी छु। नेप्सेले ल्याएको यो नयाँ मूल्य निर्धारण प्रणाली बजार स्थिरता तथा पारदर्शिताको दिशामा एक महत्त्वपूर्ण कदम हो। यसले बजार हेरफेर रोक्ने, लगानीकर्ताको विश्वास बढाउने, मूल्य निर्धारणलाई व्यवस्थित बनाउने तथा दीर्घकालीन रूपमा सेयर बजारलाई स्वस्थ र स्थिर बनाउने भूमिका खेल्छ भन्ने मेरो धारणा हो ।

यो समाचार शेयर गर्नुहोस्
816SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?