National life

सिटिजन लाइफले आईपिओ बिक्री खुल्ला गर्दै, कहिलेदेखि दिन सकिन्छ आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ भदौ २०८०, बुधबार
616Shares
सिटिजन लाइफले आईपिओ बिक्री खुल्ला गर्दै, कहिलेदेखि दिन सकिन्छ आवेदन ?
ncell

काठमाडौं । सिटिजन लाइफले आईपिओ बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण सबैले भर्न पाउने गरी आईपिओ बिक्री खुल्ला गर्ने भएको हाे ।

कम्पनीले आज प्रकाशित गरेको सूचना अनुसार कूल ९० लाख कित्ता शेयर सबै सर्वसाधारणले भर्न पाउने गरी प्रिमियम मूल्यमा प्रतिकित्ता २४४ रुपैयाँका दरले निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपिओमा यही भदौं १५ गतेबाट भदौं १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी आईपिओ निष्काशन गरेको हो । लगानीकर्ताहरुले प्रतिकित्ता २४४ रुपैयाँ तिरेर आवेदन दिनुपर्नेछ ।

न्यूनतम्, १० कित्ता शेयरमा आवेदन दिनको लागि दुई हजार चार सय ४० रुपैयाँ तिर्नुपर्नेछ । आवेदन मेरो शेयर, आईपिओ भर्न मिल्ने बैंक, सिआश्बा सदस्यता प्राप्त बैंकमार्फत भर्न सकिनेछ ।

कम्पनीको कूल जारी पुँजि तीन अर्ब ७५ करोड रुपैयाँ बराबरको तीन करोड ७५ लाख कित्ता शेयर मध्ये ३० प्रतिशत अर्थात एक करोड १२ लाख ५० हजार कित्ताको लागि आईपिओ निष्काशन गरोको थियो । सो मध्ये पाँच प्रतिशत कर्मचारीको लागि छुट्याएको थियो । त्यस्तै, १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता आईपिओ बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि छुट्याइएको थियो । त्यस्तै, सामूहिक लगानीकोषको लागि पाँच प्रतिशत छुट्याएपछि सर्वसाधारणको लागि जम्मा ९० लाख कित्ता शेयर वितरण गर्न लागिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?