National life

बजेटमा आएका कुरा कार्यन्वयन गर्ने तरिकाले मौद्रिक नीति ल्याउँछौंः गर्भनर

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ जेठ २०८०, सोमबार
736Shares
बजेटमा आएका कुरा कार्यन्वयन गर्ने तरिकाले मौद्रिक नीति ल्याउँछौंः गर्भनर
ncell

नेपाल राष्ट बैंकका गर्भनर महाप्रशाद अधिकारीले बजेटमा आएको कुरा कार्यन्वयन गर्ने खालको मौद्रिक नीति आउँने बताएका छन्। उनले मौद्रिक नीति समग्र आर्थिक क्षेत्रको विकासलाई सहज हुँने खालको ल्याइने बताएका छन्।

उनले सोमबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इमसन)ले आयोजना कार्यक्रममा बोल्दै बजेट सिलिङ बारेको प्रश्नको बारेमा सम्पूर्ण निकायमा छलफल भएको उनले बताए।

यसैगरी, नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले आगामि आवका लागि ल्याएको बजेटको प्रशंसा गरेका छन् । सरकारले राम्रो बजेट ल्याएको भन्दै त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा सहयोग गर्नेगरी मौद्रिक नीति ल्याउने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गभर्नर अधिकारीले बजेटको सिलिङमा अघिल्ला बर्षभन्दा यो बर्ष निकै छलफल भएको बताए । यो पटकको बजेटले अर्थतन्त्रमा देखिएको सिथिलता कम गर्ने लक्ष्य राखेको बताए ।

आर्थिक मिडिया सन्चालक संघ (ईम्सन)ले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् । यो कर्षमा राजस्वमा परेको दबाब न्युन गर्न धेरै काम भएको बताए ।

उनले बजेटमा औद्योगिक क्षेत्र बनाउने, सहुलियतपूर्ण कर्जा रिस्टक्चर गर्ने, सहकारीको समस्या समाधान गर्ने, नियमन गर्न बिशिस्टिकृत नियमन खोल्ने बिषय पनि बजेटमा समाबेश भएको बताए बजेटमा यस्ता धेरै सुधारको काम भएको, सरकारी संरचना मर्जरमा जाने, खारेजि गर्ने जस्ता सुधारको योजना बजेटमा भएकोबताए ।

उनले बजटले भने जस्तो मुल्यबृद्दि साढे ६ प्रतिशतका राख्ने लक्ष्य पुरा हुन गाह्रो हुने भएपनि त्यसलाई सहयोग हुने गरि मौद्रिक नीति लिने बताए । उनले सरकारले लिएको लक्षय पूरा गर्ने गरि मौद्रिक नीति ल्याउने बताए ।

त्यहि अनुसार राष्ट्र बैकले सुझाव मागेको बताए । कतिपय अवस्थामा सुझाव लिने तर निति आफु अनुकुल ल्याउने गरेको आलोचना भएको स्मरण गरे । सुझाव राष्ट्र बैकले आवश्यकता अनुसार राख्ने बताए ।

यो समाचार शेयर गर्नुहोस्
736SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?