National life

सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१२ असोज २०८३, सोमबार
353Shares
सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए
ncell

रूपन्देही ।सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए

काठमाडौँ, पोखरा, बागलुङ, बेनी, जनकपुरलगायतका गन्तव्यमा जाने दर्जनौँ बस सञ्चालन हुन नसकेपछि सिद्धार्थ बसपार्कमा रोकिएका छन् । सामान्य अवस्थामा काठमाडौँ र पोखरातर्फ नियमित रूपमा बस छुट्ने गरे पनि पछिल्ला दिनमा सडक अवरुद्ध भएपछि सेवा प्रभावित भएको हो ।

सिद्धार्थ सार्वजनिक यातायात प्रालिका अध्यक्ष सञ्जीव रोक्काले वर्षाका कारण सडक अवरुद्ध हुँदा यातायात व्यवसायीको आम्दानी ठप्प भएको बताउनुभयो । “सवारीसाधन सञ्चालन गर्न नसक्दा आम्दानी शून्य भएको छ ।

Royal Enfield
nic asia capital
कर्मचारीको तलब, बैंकको किस्ता र अन्य खर्च नियमित रूपमा व्यहोर्नुपर्छ”, उनले भने ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले वर्षाका कारण विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जानकारी दिए । उनका अनुसार प्रहरीले सडकको अवस्था तथा यातायात सञ्चालनबारे नियमित रूपमा निगरानी गरिरहेको छ ।

पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग तथा बिपी राजमार्गलगायतका सडकखण्डमा पहिरो तथा बाढीका कारण आवागमन प्रभावित भएपछि भैरहवाबाट बाहिरिने लामो दूरीका सवारीसाधन रोकिएका हुन् ।

चाडपर्व नजिकिँदै गर्दा सडक अवरुद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी दुवै प्रभावित भएका छन् । सुनौलीनाका हुँदै नेपाल प्रवेश गरेका भारतीय मालवाहक सवारीसाधनसमेत सडक अवरोधका कारण विभिन्न स्थानमा रोकिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
353SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?