काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले नेतृत्व तहमा परिवर्तन गर्दै अभिजित केसीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ। कम्पनी सञ्चालक समितिको साउन १८ गते बसेको बैठकले उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
केसी यसअघि कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। नेपाल बीमा प्राधिकरणको २०८३ असार १ गतेको पत्रअनुसार कम्पनीका सीईओ निलम्बनमा परेपछि नयाँ व्यवस्था नभएसम्मका लागि केसीलाई निमित्त सीईओ तोकिएको कम्पनीले जनाएको छ।


































