National life

छुट्ला है ! क्रेस्ट माइक्रो लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ फागुन २०८१, सोमबार
721Shares
छुट्ला है ! क्रेस्ट माइक्रो लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
ncell

काठमाडौँ। आज फागुन २६ गते सोमबारका दिन क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर ९आईपीओ० मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

त्यसमध्येमा कम्पनीले यस अगाडि नै १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

साथै कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता, सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर पनि बाँडफाँड गरिसकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अब,दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

 

यो समाचार शेयर गर्नुहोस्
721SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?