National life
cg eloctronics

आईजीपीमा फर्किने दानबहादुर कार्कीको प्रयासमा तत्काल ब्रेक!

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
९ दिन अगाडि|०२ मंसिर २०८३, बुधबार
3.9kShares
आईजीपीमा फर्किने दानबहादुर कार्कीको प्रयासमा तत्काल ब्रेक!
muktinatha bikash bank

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित दायर रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीको मागबमोजिम अल्पकालीन अन्तरिम आदेश जारी नगरी सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

इजलासले कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्नुपर्ने कारणसहित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुनसमेत आदेश दिइएको छ । यद्यपि, अदालतको आदेश सार्वजनिक भइसकेको छैन ।

सबै विपक्षीबाट लिखित जवाफ प्राप्त भएपछि सर्वोच्च अदालतले मुद्दाको नियमित सुनुवाइका लागि पेसी तोक्नेछ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
3.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?