National life

बालेन नेतृत्वको सरकारप्रति कांग्रेस आक्रामक, सार्वजनिक गर्‍यो ९ पृष्ठे आरोपपत्र

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२० साउन २०८३, बुधबार
1.1kShares
बालेन नेतृत्वको सरकारप्रति कांग्रेस आक्रामक, सार्वजनिक गर्‍यो ९ पृष्ठे आरोपपत्र
ncell

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि १५ प्रमुख विषय उठाउँदै सरकार सुशासन, पारदर्शिता, लोकतान्त्रिक मूल्य र जनउत्तरदायित्व कायम गर्न असफल भएको निष्कर्ष निकालेको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सार्वजनिक गरेको नौ पृष्ठ लामो धारणा–पत्रमार्फत सरकारका विभिन्न निर्णय, नीति र कार्यशैलीको तीव्र आलोचना गरिएको हो।

कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनामा सरकार संवेदनशील र जिम्मेवार बन्न नसकेको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि स्वतन्त्र न्यायिक आयोग गठन गर्न माग गरेको छ। त्यस्तै, भदौ २३–२४ का आन्दोलनका घटनामा सर्वस्वीकार्य आयोग गठन गर्न नसकिएको भन्दै सरकारको आलोचना गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अभिव्यक्ति स्वतन्त्रता र प्रेसमाथि दबाब सिर्जना गरिएको, राहदानी खरिद प्रक्रिया अपारदर्शी भएको तथा प्रतिनिधिसभा नियमावली संविधानविपरीत रहेको कांग्रेसको दाबी छ। साथै, भ्रष्टाचार नियन्त्रणमा दोहोरो मापदण्ड अपनाइएको, सरकारी नियुक्तिमा दलगत प्रभाव देखिएको र कूटनीतिमा अपरिपक्वता देखिएको आरोप पनि लगाइएको छ।

कांग्रेसले गृहमन्त्रीसँग जोडिएको विवादमा निष्पक्ष अनुसन्धान नभएको, सुकुम्बासी समस्या समाधानमा ठोस पहल नदेखिएको तथा निजी क्षेत्रमाथि अनावश्यक दबाब सिर्जना भएको जनाएको छ।

यस्तै, किसानले मल नपाउने अवस्था, एलपी ग्यास संकट व्यवस्थापनमा कमजोरी, शिक्षा क्षेत्रमा अव्यवस्था र जनतासँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखिएको भन्दै सरकारको आलोचना गरिएको छ।

कांग्रेसले समग्रमा सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको दाबी गर्दै राजनीतिक बचाउभन्दा जनविश्वास पुनःस्थापनामा केन्द्रित हुन सरकारलाई आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?