National life
cg eloctronics

बालेन सरकार आएपछि अमेरिकाले निकाल्यो यात्रासम्बन्धी सुखद सूचना

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१८ चैत २०८२, बुधबार
1.4kShares
बालेन सरकार आएपछि अमेरिकाले निकाल्यो यात्रासम्बन्धी सुखद सूचना
muktinatha bikash bank

काठमाडौं। अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि जारी गरेको यात्रा सम्बन्धी चेतावनी (ट्राभल एड्भाइजरी)मा जोखिम स्तर घटाएको छ। नयाँ सूचनाअनुसार नेपालमा सुरक्षा स्थिति सुधार भएको भन्दै त्यसलाई ध्यानमा राख्दै जोखिम स्तर लेभल २ अर्थात अतिरिक्त सतर्कता आवश्यकमा तल झारिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

अमेरिकी सरकारले मंगलबार अद्यावधिक गरेको सूचनामा सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू अहिले रोकिएको र समग्र सुरक्षा वातावरण स्थिर रहेको उल्लेख गरिएको छ।

तर, सहरी क्षेत्रहरूमा पूर्वसूचना बिना अचानक प्रदर्शन वा स्थानीय अशान्ति उत्पन्न हुन सक्ने र ती हिंसात्मक रूप लिन सक्ने सम्भावना अझै बाँकी रहेकाले नागरिकलाई सतर्कताका साथ यात्रा गर्न अमेरिकाले आग्रह गरेको छ।

everest bank

यस्तो जोखिमबाट बच्न नागरिकहरूलाई ठूला भिडभाडबाट टाढा रहन र स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न कडाइका साथ सुझाव दिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?