National life

काठमाडौंमा ग्यासको अभाव हुन नदिन कम्पनी फरक भए पनि सिलिन्डर साट्न मिल्ने

काठमाडौंमा ग्यासको सहज आपूर्तिका लागि नयाँ नियम, कम्पनी नहेरी सिलिन्डर साट्न मिल्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१० दिन अगाडि|२४ भदौ २०८३, बुधबार
1.1kShares
काठमाडौंमा ग्यासको अभाव हुन नदिन कम्पनी फरक भए पनि सिलिन्डर साट्न मिल्ने
ncell

काठमाडौं । हालै आएको बाढीका कारण आपूर्ति प्रणाली प्रभावित हुँदा काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही असहज बनेपछि सरकारले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन नयाँ व्यवस्था गर्न निर्देशन दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले काठमाडौं उपत्यकाभित्र मात्रै लागू हुने गरी एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिन्डरसँग उही मूल्यमा साटासाट गरेर ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

यस व्यवस्थापछि कुनै निश्चित कम्पनीको सिलिन्डर बजारमा उपलब्ध नभए उपभोक्ताले अर्को कम्पनीको सिलिन्डरमार्फत ग्यास लिन सक्नेछन् । यसले बाढीका कारण प्रभावित भएको आपूर्ति व्यवस्थालाई सहज बनाउन तथा उपभोक्तालाई ग्यासको अभावबाट राहत दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने व्यवस्थामा कुनै अवरोध नगर्न सम्बन्धित ग्यास उद्योग तथा निकायलाई निर्देशन दिनुभएको छ ।

निर्देशनविपरीत काम गरी उपभोक्तालाई ग्यास उपलब्ध गराउन असहयोग गर्ने कम्पनीमाथि कारबाही गरिने चेतावनीसमेत मन्त्री यादवले दिनुभएको छ ।

मन्त्रीको सचिवालयका अनुसार बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरलाई ध्यानमा राख्दै उपत्यकामा ग्यासको सहज वितरण सुनिश्चित गर्न सरकारले आवश्यक समन्वय र निगरानीलाई प्राथमिकता दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?