National life

काठमाडौंमा एलपी ग्यासको हाहाकार, डिलरदेखि उद्योगसम्म उपभोक्ताको लामो लाइन

ग्यास पाउने आशामा उपभोक्ताहरू डिलर तथा उद्योगमा घण्टौँसम्म लाइनमा बस्न बाध्य

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
११ दिन अगाडि|२३ भदौ २०८३, मङ्गलबार
999Shares
काठमाडौंमा एलपी ग्यासको हाहाकार, डिलरदेखि उद्योगसम्म उपभोक्ताको लामो लाइन
ncell

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण ढुवानी प्रभावित हुँदा संघीय राजधानी काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति उल्लेख्य रूपमा घटेको छ । मुख्य राजमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगहरूले त्रिभुवन राजपथ हुँदै वैकल्पिक मार्गबाट ट्रकमार्फत ग्यास ल्याइरहेका छन् ।

घुमाउरो तथा असहज मार्ग प्रयोग गर्नुपर्दा बजारको मागअनुसार पर्याप्त ग्यास भित्र्याउन नसकिएको व्यवसायीहरूले बताएका छन् । ढुवानीमा आएको समस्याका कारण मंगलबार काठमाडौं उपत्यकामा ९ वटा ग्यास कम्पनीका जम्मा १८ हजार २ सय ५९ सिलिन्डर मात्रै डिलरहरूसम्म पुगेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार पछिल्ला दिनमा काठमाडौं उपत्यकामा दैनिक करिब १ लाख सिलिन्डर ग्यासको माग छ । सामान्य अवस्थामा भने उपत्यकामा दैनिक ३५ देखि ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्ने गरेको उनले बताए ।

नेपाल आयल निगमको एलपीजी विभागका अनुसार मंगलबार सबैभन्दा धेरै सगरमाथा ग्यासले ४ हजार ६ सय ९९ सिलिन्डर बजारमा पठाएको छ । कम्पनीले ६० वटा डिलरमार्फत उक्त परिमाणको ग्यास वितरण गरेको हो ।

त्यस्तै, एभरेस्ट ग्यासले २८ वटा डिलरमार्फत ३ हजार ४ सय ७५ सिलिन्डर वितरण गरेको छ । सुगम ग्यासले १५ वटा डिलरलाई २ हजार ४ सय २३ सिलिन्डर उपलब्ध गराएको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनको एसटीसी ग्यासले ४४ वटा डिलरमार्फत २ हजार १ सय ४६ सिलिन्डर बजारमा पठाएको छ ।

सीताश्री ग्यासले ११ वटा डिलरमार्फत १ हजार ६ सय सिलिन्डर, श्री ग्यासले १८ वटा डिलरमार्फत १ हजार ९ सय ६० सिलिन्डर र श्रीमाया ग्यासले १४ वटा डिलरमार्फत १ हजार २ सय ९१ सिलिन्डर वितरण गरेका छन् ।

यसैगरी, श्रीराम ग्यासले ९ वटा डिलरलाई ३ सय ६० सिलिन्डर र मनोज ग्यासले ६ वटा डिलरलाई ३ सय ५ सिलिन्डर मात्रै पठाएको नेपाल आयल निगमले जनाएको छ ।

ढुवानीमा भएको ढिलाइ र मागको तुलनामा आपूर्ति निकै कम भएपछि काठमाडौं उपत्यकामा ग्यास वितरण प्रणाली प्रभावित बनेको छ । ग्यास पाउने आशामा उपभोक्ताहरू डिलर तथा उद्योगमा घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन् ।

मुख्य राजमार्गमा देखिएको अवरोध तत्काल हट्न नसके ग्यास आपूर्तिमा थप समस्या आउन सक्ने व्यवसायीहरूको चिन्ता छ ।

यो समाचार शेयर गर्नुहोस्
999SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?