National life

मुक्तिनाथ म्युचुअल फन्ड–१ को लाभांश घोषणा, बुक क्लोज कहिले ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१९ दिन अगाडि|१५ भदौ २०८३, सोमबार
3.6kShares
मुक्तिनाथ म्युचुअल फन्ड–१ को लाभांश घोषणा, बुक क्लोज कहिले ?
ncell

मुक्तिनाथ क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित मुक्तिनाथ म्युचुअल फन्ड–१ ले आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट इकाइधनीलाई २।२० प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने भएको छ।

योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश वितरण प्रयोजनका लागि भदौ २४ गते बुधबार एक दिनका लागि बुक क्लोज गरिनेछ।

यसअनुसार भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाइधनीहरू मात्र नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, आफ्नो इकाइ धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका इकाइधनीले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर पेश गरेपछि मात्र नगद लाभांश वितरण गरिने व्यवस्था गरिएको छ।

फन्डले लाभांश भुक्तानीका क्रममा प्रचलित आयकर ऐनअनुसार स्रोतमा कर कट्टी हुने भएकाले इकाइधनीहरूले आफ्नो स्थायी लेखा नम्बर ९प्यान०अद्यावधिक गराउन आग्रह गरेको छ। प्यान अद्यावधिक नगरेमा लाभांश भुक्तानीमा समस्या आउन सक्ने जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
3.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?