National life

नेपाल लाइफको ठूलो लगानी: वीरगञ्जमा ३३ करोडको जग्गा खरिद

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०१ साउन २०८३, शुक्रबार
928Shares
नेपाल लाइफको ठूलो लगानी: वीरगञ्जमा ३३ करोडको जग्गा खरिद
ncell

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले वीरगञ्जमा ठूलो लगानी गर्दै जग्गा खरिद गरेको छ। कम्पनीले वीरगञ्ज महानगरपालिका–४ मा रहेको करिब ८७.५३ धुर क्षेत्रफलको जग्गा ३३ करोडभन्दा बढी रकममा आफ्नो स्वामित्वमा लिएको जनाएको छ।

उक्त जग्गा पहिले होटल मकालु प्रालि को नाममा रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीका अनुसार जग्गा खरिदका लागि ३२ करोड रुपैयाँ खर्च गरिएको छ भने रजिष्ट्रेशन तथा नामसारी शुल्कबापत थप १ करोड ७७ लाख ५० हजार रुपैयाँ तिरिएको छ।

साउनको सुरुवातमै सम्पन्न भएको यो खरिद प्रक्रियाअन्तर्गत विभिन्न कित्ता नम्बरका जग्गाहरू एकीकृत रूपमा किनिएको जानकारी दिइएको छ।

हाल देशको रियल स्टेट बजार केही सुस्त रहे पनि कम्पनीले दीर्घकालीन रणनीतिअनुसार लगानी गरेको बताएको छ। नेपाल लाइफले उक्त स्थानमा आफ्नै व्यावसायिक तथा प्रादेशिक कार्यालय स्थापना गर्ने योजना अघि सारेको छ।

कम्पनीका अनुसार भाडामा सञ्चालन गर्दा हुने खर्च घटाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन वीरगञ्जमा आधुनिक कर्पोरेट भवन निर्माण गर्ने तयारी गरिएको हो।

यो समाचार शेयर गर्नुहोस्
928SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?