काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रमण पराजुली पुनः नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ४७औँ बैठकले पराजुलीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पराजुलीले साउन २९ गतेदेखि नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार सम्हालेका छन् । यससँगै उनले कम्पनीको नेतृत्वलाई निरन्तरता पाएका छन् ।


































