National life

अवधि तथा आंशिक अवधि भुक्तानी रकम लिन नेपाल लाइफको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२९ असार २०८३, सोमबार
1.1kShares
अवधि तथा आंशिक अवधि भुक्तानी रकम लिन नेपाल लाइफको आग्रह
ncell

काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवधि भुक्तानी तथा आशिंक अवधि भुक्तानी लिन आउन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न बीमा योजनाअन्तर्गत अवधि भुक्तानी (म्याचुरिटी) तथा आंशिक अवधि भुक्तानी (सर्भाइभल बेनिफिट) प्राप्त गर्न बाँकी रहेका बीमित तथा हकवालालाई यथाशीघ्र सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

कम्पनीका अनुसार विभिन्न मितिमा जारी गरिएका बीमालेखअन्तर्गत योजना बमोजिम भुक्तानी लिनुपर्ने समय पूरा भइसके पनि धेरै बीमित तथा हकवालाले हालसम्म आफ्नो अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी रकम प्राप्त गरेका छैनन्।

त्यसैले सम्बन्धित बीमालेखका बीमित तथा हकवालाले आवश्यक कागजातसहित नजिकको नेपाल लाइफ इन्स्योरेन्सको शाखा कार्यालयमा सम्पर्क गरी आफ्नो बीमालेखअन्तर्गतको सुविधा रकम यथाशीघ्र प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?