National life

अर्थमन्त्री वाग्लेको भारत भ्रमणमा नेपाली झण्डा नदेखिएपछि ज्ञवालीले उठाए प्रश्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ दिन अगाडि|०२ असोज २०८३, शुक्रबार
708Shares
अर्थमन्त्री वाग्लेको भारत भ्रमणमा नेपाली झण्डा नदेखिएपछि ज्ञवालीले उठाए प्रश्न
ncell

काठमाडौं । एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भएको द्विपक्षीय बैठकमा नेपाली राष्ट्रिय झण्डा नराखिएको विषयमा प्रश्न उठाएका छन् ।

भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले बिहीबार भारतीय अर्थमन्त्री सीतारमणसँग नयाँदिल्लीस्थित भारतीय अर्थ मन्त्रालयमा औपचारिक द्विपक्षीय वार्ता गरेका थिए । बैठकमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यसमेत सहभागी थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वार्ताका क्रममा दुई देशबीच आर्थिक सम्बन्ध, पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा तथा कनेक्टिभिटीका विषयमा छलफल भएको थियो ।

तर, सार्वजनिक गरिएको तस्बिरमा भारतीय अर्थमन्त्रीतर्फ भारतीय झण्डा देखिएको भए पनि नेपाली अर्थमन्त्रीतर्फ नेपाली झण्डा नरहेको विषयमा प्रश्न उठेको हो । प्रतिनिधिमण्डलस्तरीय बैठकमा समेत दुवैतर्फ भारतीय झण्डा देखिएको दाबी सार्वजनिक भएको छ ।

यस विषयमा प्रतिक्रिया दिँदै पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले औपचारिक द्विपक्षीय वार्तामा दुवै देशका प्रतिनिधिलाई समान हैसियतमा प्रस्तुत गरिनुपर्ने बताएका छन् ।

उनले यस्तो बैठकमा एउटा देशको मात्रै राष्ट्रिय झण्डा राखिनु कूटनीतिक दृष्टिले उपयुक्त नभएको टिप्पणी गरेका छन् । उनका अनुसार औपचारिक द्विपक्षीय वार्तामा आयोजक पक्ष र भ्रमणमा आएको पक्षबीच आवश्यक समन्वय हुनुपर्ने हुन्छ ।

ज्ञवालीले यस्तो विषयमा अर्थमन्त्री स्वयंलाई जानकारी नहुन सक्ने भन्दै नेपाली दूतावासले समेत आवश्यक समन्वय गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रिय झण्डासँग जोडिएको विषय भएकाले घटनाको कमजोरी कहाँबाट भयो भन्नेबारे खोजबिन हुनुपर्ने बताएका छन् ।

उनले आगामी दिनमा यस्ता विषय दोहोरिन नहुनेमा समेत जोड दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
708SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?