National life

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, कसले कति पाउँदैछन् ?

१०% प्रोत्साहन भत्ता र पेन्सन पनि बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२१ साउन २०८३, बिहिबार
2.1kShares
सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, कसले कति पाउँदैछन् ?
ncell

काठमाडौँ । मन्त्रिपरिषद्ले चालु आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रसेवक कर्मचारीहरूको संशोधित तलबमान स्वीकृत गर्दै साउन १ गतेदेखि नै लागू गरेको छ, जसअनुसार तलबसँगै प्रोत्साहन भत्ता र पेन्सनसमेत वृद्धि गरिएको छ।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी निजामती, सुरक्षा निकाय, शिक्षक, स्वास्थ्यकर्मी तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको तलबमान तथा सुविधा स्वीकृत गरेको हो। मन्त्रालयले सबै निकायलाई नयाँ दरअनुसार तलब भुक्तानी गर्न निर्देशनसमेत दिएको छ।

नयाँ व्यवस्था अनुसार मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको तलब समान रूपमा ९० हजार ५ सय ९४ रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि ८४ हजार ९ सय ३२ रुपैयाँ रहेको उनीहरूको तलब ग्रेड वृद्धि पश्चात् बढेको हो। त्यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक तथा सरकारका सचिवहरूको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ कायम गरिएको छ।

सरकारी सेवामा सबैभन्दा कम तलब पाउने श्रेणीविहीन कर्मचारीहरूको तलब पनि वृद्धि गरिएको छ। कार्यालय सहयोगीलगायतका कर्मचारीहरूको सुरु तलबमान २७ हजार १ सय ७२ रुपैयाँबाट बढेर ग्रेडसहित २८ हजार ९ सय ८४ रुपैयाँ पुगेको छ।

नयाँ तलबमानसँगै सरकारले कर्मचारीलाई मासिक १० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ। ग्रेड रकम र वृद्धि पश्चात् कायम हुने तलबको १० प्रतिशत रकम प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइने अर्थ मन्त्रालयले जनाएको छ।

शिक्षक र स्वास्थ्य सेवातर्फ पनि तलब वृद्धि गरिएको छ। माध्यमिक तह (प्रथम श्रेणी) का शिक्षकको तलब ७४ हजार ९ सय ५८ रुपैयाँ पुगेको छ भने प्राथमिक तहका शिक्षकहरूको न्यूनतम तलब ३४ हजार ४ सय २६ रुपैयाँ कायम भएको छ। स्वास्थ्य सेवातर्फ अधिकृत बाह्रौँ तहको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ।

यससँगै पेन्सनधारीहरूको पेन्सनमा पनि १० प्रतिशत वृद्धि गरिएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ तलबमान साउन १ गतेदेखि नै लागू भई कार्यान्वयनमा आएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?