काठमाडौं । ई–बिडिङसम्बन्धी भ्रष्टाचार मुद्दामा संलग्न भनिएका सरकारी कर्मचारी तथा क्युटर अपरेटर नासु दिवाकर देउजालाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।
उक्त मुद्दामा संलग्न भनिएका राप्रपा नेता विक्रम पाण्डेसहित ११ जनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार यस प्रकरणमा कुल २२ जनालाई प्रतिवादी बनाइएको थियो। तीमध्ये १० जना अझै फरार रहेका छन्।
अदालतको आदेशपछि मुख्य आरोपीमध्येका देउजा थुनामा पुगेका छन् भने अन्य प्रतिवादी धरौटीमा रिहा भएका छन्। मुद्दा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढिरहेको छ।


































