National life

एशियन लाईफ इन्स्योरेन्सद्वारा धर्मस्थलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ असोज २०८०, सोमबार
547Shares
एशियन लाईफ इन्स्योरेन्सद्वारा धर्मस्थलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
ncell

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको सहयोगमा तारकेश्वर नगरपालिका वडा नम्बर ६ धर्मस्थलीस्थित वडा कार्यालयमा सोमबार ज्येष्ठ नागरिकका लागी स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

धर्मस्थली ज्येष्ठ नागरिक सहयोग तथा अनुगमन समाजले आयोजना गरेको शिविरमा वडा नम्बर ६ का ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी वितरण गरिएको थियो । बिरामीहरुको स्वास्थ्य परिक्षण स्त्री रोग विशेषज्ञ डा. दिलाशा कार्कीले गरेकी थिइन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, बालरोग विशेषज्ञ डा. निरज खत्री र डा. दिवाकर घिमिरे,रोटरी क्लब गोंगबुका अध्यक्ष महेश्वरमान बस्नेतले स्वास्थ्य शिविरमा स्वयम् सेवकका रुपमा सहयोग गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा एशियन लाईफको सञ्चालक समिति सदस्य सजल मास्केको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष घनश्याम श्रेष्ठ, वडा सदस्य रामचन्द्र घिमिरे, ज्येष्ठ नागरिक सहयोग समितिका अध्यक्ष हरि प्रसाद तिमल्सिना, एशियन लाईफ बालाजु शाखा प्रबन्धक आँचल कट्टेल,सामान्य सेवा विभाग प्रमुख रवि दाहाल लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?