National life

पञ्चकन्या ग्रुपद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ कात्तिक २०८०, शुक्रबार
732Shares
पञ्चकन्या ग्रुपद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना
ncell

काठमाडौं । पञ्चकन्या ग्रुपले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । विगत वर्षहरुमा झैं यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाउने सिलसिलामा यही २०८० कार्तिक १७ गते काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगल, काठमाडौंको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

उक्त शिविरमा नाक, कान, घाँटी, आँखा, दन्त सेवा, स्त्री रोग, मुटु रोगको परीक्षण अन्तर्गत इसिजी तथा इको, बाल रोग, शल्यक्रिया, हाडजोर्नी तथा नशा र सामान्य स्वास्थ्य जाँच गरिएको थियो ।

उक्त शिविरबाट २९४ जनाले लाभ लिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरू नियमित रुपमा सञ्चालन गर्दै आएको र ग्रुपले यसप्रकारका कार्यहरुलाई मुख्य प्राथमिकतामा राखेको छ ।

यो समाचार शेयर गर्नुहोस्
732SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?