काठमाडौँ । सदाका वर्षजस्तै यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५२औँ वार्षिकोत्सव विभिन्न आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम सहित सम्पन्न गरेको छ ।
उक्त वार्षिक सभाको शुभअवसर पारी बुधवार गुप्रको केन्द्रीय कार्यालय, कृष्ण गल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुलचोकको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो ।
उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरू, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरूमा कार्यरत कर्मचारी र ग्रुप“ग आबद्ध शुभचिन्तकहरू गरी जम्मा ४८ जनाले रक्तदान गरेका छन् ।


































