काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सवको अवसरमा रक्तदान गरेको छ । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सवको अवसरमा भाद्र ११ गते केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यव्रmमको आयोजना गरेको हो ।
उक्त रक्तदानमा ग्रुपका सञ्चालकज्यूहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपसंग आवद्ध शुभचिन्तकहरु गरी सहभागी मध्ये जम्मा ३३ जनाले रक्तदान गरेका थिए ।
पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यव्रmम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ ।


































