National life

सन नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ भदौ २०८०, शुक्रबार
490Shares
सन नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?
ncell

काठमाडौं । सन नेपाल लाइफ इनस्योरेन्सले प्रिमियम मुल्यमा निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आज नेपाल एसबिआई मर्चेन्ट बैंकिङले बाँडफाँड गरेको हो ।

कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको ७६ लाख ८० हजार कित्ता शेयर बाँडफाँड गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आइपीओमा कुल १४ लाख ६६ हजार ८ सय ६२ जनाले आवेदन दिएका थिए । जसमध्ये ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरेको हो । यस अनुसार ७ लाख ६८ हजार जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि आवेदकको हात खाली भएको छ ।

कम्पनीले बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

बाँकी रहेको शेयरमध्ये ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ भने ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ। सर्वसाधारणले अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ताका लागि आवेदन दिने व्यवस्था थियो ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ।

यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?